रोशनी शाहीलाई हुन सक्छ जेल सजाय !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
रोशनी शाहीलाई हुन सक्छ जेल सजाय !

सारांश

  • रोशनी शाहीले किटानी जाहेरी दिएको भए निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्थे ।
  • किटानी जाहेरी आएमा पक्राउ गर्ने भनाई नेपाल प्रहरीबाट आइसकेको थियो ।
  • तर, रोशीनले किटानी जाहेरी दिइनन् ।

रोशनी शाहीले किटानी जाहेरी दिएको भए निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्थे । किटानी जाहेरी आएमा पक्राउ गर्ने भनाई नेपाल प्रहरीबाट आइसकेको थियो । तर, रोशीनले किटानी जाहेरी दिइनन् । आफूमाथि जर्बजस्ती भएको दाबीसहित मिडियामा भनाई बाहिर ल्याइन् । तर, कानुनले मिडियामा दिएको बयानलाई मुख्य प्रमाण मान्दैन ।

घटनाको प्रकृति र घटनास्थलको प्रमाणलाई मुख्य मान्छ । त्यसबाहेक जर्बजस्ती भएको हो होइन फोरेन्सिक जाँच हुन्छ । रोशनीले किटानी जाहेरी नदिएपछि अनुसन्धानका कतिपय विषय रोकिएका छन् । आफैले आरोप लगाएको विषयलाई एकै रातमा बयान बदलेर रोशनी असामान्य ढंगले प्रस्तुत भइरहेकी छिन् ।

उनले आफू डिप्रेसनको रोगी भनिन् । यसो हो भने उनी किन संसदको कर्मचारी भएर बसिन् ? मंगलबार साँझबाट उनले फेसबुकमा लगातार महराको पक्षमा पोष्ट गरिरहेकी छिन् । उनीविरुद्ध जाने जो कोहीमाथि नकारात्मक टिप्पणी गरिरहेकी छिन् । आफैले बोलाएर अन्तवार्ता दिएका पत्रकारलाई तथानाम लेखेकी छिन् ।

यदि रोशनी शाहीले महरालाई आरोप लगाएको हो भने यो घटनामा उनी दोषी छिन् । महराको चरित्रहत्या भएको छ । यदि रोशनीले झूटको खेती गरेकी हुन् भने महराको पदसमेत जानेगरी चरित्रहत्या गर्ने रोशनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । कानुनले कसैमाथि झुटो विषय पेश गरेर चरित्रहत्या गर्ने या संवेदनशील जर्बजस्तीको आरोप लगाउनेलाई कारबाहीको व्यवस्था गरेको छ ।

रोशनी किन रातारात बयान फेर्दै जसका विरुद्ध उभिइन् उसैको पक्षमा लागिन् भन्ने गम्भीर विषय बनेको छ । यसले नेपालमा उच्च तहबाट पहुँच र प्रभावका भरमा घटनालाई छोप्ने या मोड्ने गतिविधि भइरहेको त छैन ? गम्भीर प्रश्न उठेको छ । फोटोः सामाजिक सञ्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?