नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
सारांश
- काठमाडौं, फागुन २ ।
- महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।
- सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि भण्डारी आफैंले दर्ता गर्ने भएका हुन् ।
काठमाडौं, फागुन २ । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।
सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि भण्डारी आफैंले दर्ता गर्ने भएका हुन् ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवालविरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए । तर, दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए ।
एक/दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवालविरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।
Dhiran Jung Basnyat
Kanun ko kati khillee udhauxou tara satya mardaina kanun bettaa ho
Hb Gurung
Vandari treo Palo gayo
Ananda Bajracharya
नवराज सिलवालले किर्ते गर्यो भनेर सरकार देखि प्रहरीप्रधान कार्यालय सम्म पछि लागे। प्रधानन्यायाधीशको चारवटा जन्म मिति बारे सरकारको के धारणा छ।