गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा २ करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।
  • उनी आयल निगमको इन्धन भण्डारको लागि जग्गा खरिद गर्दा अनियमितता भएको आरोपमा भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा २ करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।

उनी आयल निगमको इन्धन भण्डारको लागि जग्गा खरिद गर्दा अनियमितता भएको आरोपमा भ्रष्टाचार मुद्दामा मुछिएका छन् । उनी पक्राउ परेका भने थिएनन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका थिए । अब उनी बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार थुनछेक बहसपछि खड्कालाई साढे २ लाख धरौटी राखेर तारेखमा छुटन आदेश गरेको हो । खड्काले अदालतले भनेको १ घण्टाभित्रै नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरेको छ । खड्काकी श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?