सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ ।
  • काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।

काठमाडौँ । काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिए । काठमाडौँ महानगरपालिकाले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ । यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
महाप्रबन्धक शर्मा चीन प्रस्थान
महाप्रबन्धक शर्मा चीन प्रस्थान
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
उत्तर कोरियासँग सम्बन्ध तोड : अमेरिका
उत्तर कोरियासँग सम्बन्ध तोड : अमेरिका
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
यी बलिउड कलाकारका खराब बानी यस्ता छन्
यी बलिउड कलाकारका खराब बानी यस्ता छन्
युवा संघ नेपाल र वाइसियल को एकता छिट्टै , अध्यक्ष पौडेल युवा संघ नेपाल’
व्यवसायीको कोटामा विदेश जाँदै कर्मचारी