सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सुनामी र भूकम्पले क्षतिग्रस्त इण्डोनेशियाका डरलाग्दा तस्वीर

सारांश

  • बीबीसी ।
  • इण्डोनेशियामा शुक्रबार गएको शक्तिशाली भूकम्प र सुनामीमा अहिलेसम्म १३०० जनाको मृत्यु भइसकेको छ ।
  • अधिकारीले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्।

बीबीसी । इण्डोनेशियामा शुक्रबार गएको शक्तिशाली भूकम्प र सुनामीमा अहिलेसम्म १३०० जनाको मृत्यु भइसकेको छ । अधिकारीले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्।

यो त्रासदीको पाँच दिनपछि सबैभन्दा प्रभावित सहर पालूबाट केही तस्वीर सार्वजनिक भएका छन्। ती तस्वीरले त्यहाँ आएको सुनामीले मच्चाएको वितण्डालाई बयान गर्छन् । अन्तर्राष्ट्रिय संस्था रेड क्रसका अनुसार यो विपदबाट करिव १६ लाख मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ दुई लाख मानिसलाई तत्काल सहयोगको आवश्यकता छ ।

जतिबेला भूकम्पको झड्का आयो, त्यतिबेला कयौं मानिस समुन्द्रमा एक चाड मनाउने तयारी गरिरहेका थिए । अहिले पालू सहरका आसपासका पोटोबो जस्ता इलाका पूरै हिलोले पुरेको छ ।
एक अनुमानका अनुसार बालारोआमा करिव १७०० घर र पेटोबोमा हजारौं घर ध्वस्त भएका छन् । त्यसबाहेक क्रिस्चन स्टडी समूहका ३० बालबालिकाको पनि मृत्यु भएको छ ।

पालू सहरको पश्चिमी भागलाई पूर्वी भागसँग जोड्ने १२६ मिटर लामो जिमालम पुल पूरै ध्वस्त भएको छ । यो पुलको प्रयोग करिव ३ लाख ५० हजार मानिसले गर्थे । सुनामीले पालू सहर नराम्रोसँग प्रभावित भएको छ । यहाँ पानी, विजुली र खानाको ठूलो समस्या छ ।

धेरै जसो मृतकलाई सामुहिक चिहान बनाएर अन्तेष्टि गरिएको छ । तर कयौं शव कहिले पनि जमिन मुनी पुरिएको हुन सक्ने आशंका गरिएको छ । इण्डोनेशियाली सेनाले विमानस्थलमा कमाण्ड सम्हालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?