लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जित्यो

सारांश

  • काठमाडौं, १३ फागुन।
  • चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
  • गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उचालेको हो ।

काठमाडौं, १३ फागुन। चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उचालेको हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । जसमा म्यानचेष्टर सिटी ४–३ ले विजयी भयो ।

चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो । सिटीले लिग कपको उपाधि जितेको यो छैटौं पटक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?