तमोर खानेपानी आयोजनाको काम स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
तमोर खानेपानी आयोजनाको काम स्थगित

सारांश

  • तेह्रथुम, २६ भदौ ।
  • पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ ।
  • मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो ।

तेह्रथुम, २६ भदौ । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ ।

मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो । यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै २०७२ सालदेखि निर्माण थालिएको उक्त आयोजनाको निर्माण स्वामी नारायण जेभीले गर्दैआएको थियो ।

निर्माणस्थलको ठुटेबरदेखि तमोर नदीसम्मको मुहानको विषयलाई लिएर उक्त क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए । तत्कालीन समयमा डिभिजन कार्यालयले आर्थिक र प्राविधिक कारणले गर्दा लोरिपा दोभान उपयुक्त नभएको भन्दै उपभोक्ता समितिको सहमतिमा मुहान परिवर्तन गरेको थियो । आयोजनाको काम शुरु भइसकेपछि मुहान परिवर्तन गर्न नहुने समितिका अध्यक्ष नरबहादुर खड्का बताउनुहुन्छ । पुरानै स्थानबाट आयोजनाको काम शुरु गर्नुपर्ने खड्काको भनाइ छ ।

समितिका सचिव देवेन्द्रकुमार लावती प्राविधिकको सल्लाह र सुझावअनुसार नै काम गरिएको बताउनुहुन्छ । आयोजनाको मुहान परिवर्तन गर्दा आयोजना लम्बिने नभई चाँडो काम सकिने उहाँको भनाइ छ । आयोजनाको काम स्थगित हुँदा स्थानीयवासी चिन्तित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने
आफ्नो नाग मारेको बदला लिइन् नागीनले
आफ्नो नाग मारेको बदला लिइन् नागीनले
केएल टावरमा मोबाइलको मेगा मेला
केएल टावरमा मोबाइलको मेगा मेला
आजका मुख्य मुख्य खबरहरु  ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
आजका मुख्य मुख्य खबरहरु ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
घरमा आगो लाग्दा गायक राजेश पायल राईको सम्मान तथा अवार्ड नष्ट
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

तपाईंले छुटाउनुभयो कि?