‘ठग्स अफ हिन्दोस्तान’ लिक पछि रजनीकान्त र शाहरुख खान निशानामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
‘ठग्स अफ हिन्दोस्तान’ लिक पछि रजनीकान्त र शाहरुख खान निशानामा

सारांश

  • एजेन्सी।
  • अमिताभ बच्चन, आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ८ नोभेम्बरका दिन बक्स अफिसमा रिलिज भयो ।
  • रिलिज भएको केही घण्टामै फिल्म अनलाइन लिक पनि भयो ।

एजेन्सी। अमिताभ बच्चन, आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ८ नोभेम्बरका दिन बक्स अफिसमा रिलिज भयो । रिलिज भएको केही घण्टामै फिल्म अनलाइन लिक पनि भयो । यो फिल्ममात्र होइन दिवालीको अवसर पारेर रिलिज भएको तमिल सुपरस्टार विजय जोसेफको फिल्म ‘सरकार’ पनि अनलाइनमा लिक भयो । अब अनलाइन फिल्म लिक गर्नको लागि चर्चित वेबसाइट तमिल रकर्सले रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ लाई निशाना बनाएको छ ।

२.० जति ठूलो प्रोजेक्ट हो त्यत्तिकै ठूलो खतरा पनि छ । यदि यो फिल्म लिक भएमा फिल्म निर्माण पक्षलाई ठूलो नोक्सान हुनेछ । तमिल रकर्सको अनभेरिफाइड ट्वीटर ह्याण्डलबाट फिल्म २.० पनि लिक हुने ट्वीट गरिएपछि अहिले हंगामा भएको छ । ट्वीटमा लेखिएको छ ‘२.० कमिङ सून इन तमिल रकर्स ।’ यतिमात्र होइन क्रिसमसको अवसर पारेर शाहरुख खानको फिल्म जीरो पनि रिलिज हुँदैछ ।

शाहरुखको यो फिल्म पनि तमिल रकर्सको निशानामा पर्ने खतरा छ । अब हेर्नलायक कुरा यो हुनेछ कि फिल्मको निर्माण पक्ष पाइरेसीबाट बच्नको लागि के गर्छन् । कुनै वेबसाइटले फिल्म अनलाइन लिक गरिदिएको यो पहिलोपटक भने होइन । रिलिज भएपछि फिल्म अनलाइन लिक हुने परम्परा पुरानो भइसक्यो । केही घण्टामै लिक हुने कारण कलाकारदेखि निर्माण पक्षले नोक्सानीको सामना गर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?