कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै

सारांश

  • एजेन्सी, २६ साउन ।
  • रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ ।
  • मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।

एजेन्सी, २६ साउन । रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।

रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरिएको छ । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको हो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

भ्याक्सिन विकासमा चीन पनि अगाडि छ । उसले एउटा भ्याक्सिन अनुमोदन गरिसकेको छ । तर, उक्त भ्याक्सिन सैनिकका लागि मात्र प्रयोगमा ल्याइएको छ ।

अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् । विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ

(https://www.madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?