के नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सकिएकै हाे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
४० पटक हेरिएको
Shares
के नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद  सकिएकै हाे ?

सारांश

  • काठमाडाै, १४ असार ।
  • नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कम हुँदै गएको छ ।
  • आगामी महाधिवेशनलाई लक्षित गरेर फरक फरक गुटका नेताहरुबीच पनि छलफल र सहकार्यको वातावरण बन्दै गएको हो ।

काठमाडाै, १४ असार । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कम हुँदै गएको छ । आगामी महाधिवेशनलाई लक्षित गरेर फरक फरक गुटका नेताहरुबीच पनि छलफल र सहकार्यको वातावरण बन्दै गएको हो ।

एक अर्काको आलोचना गर्दै आएका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पनि पछिल्लो समय एकताको वातावरण बनेको बताइएको छ ।

सभापति देउवाको कार्यशैलीको विरोध गर्दै आएका पौडेलले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न देउवालाई आग्रह गरेको बुझिएको छ ।

देउवाको बाँकी कार्यकालभरी आफूले सहयोग गर्ने र महाधिवेशनमा सहयोग लिने रणनीतिमा पौडेल लागेका हुन् ।

काग्रेस नेता रमेश लेखकले पनि पार्टीभित्र सकारात्मक पक्ष बढ्दै र नेताहरुबीचमा एकताको वातावरण बनेको बताएका छन् ।

हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि पार्टीभित्र एकताको वातावरण बन्दै गएको दाबी गर्दै उनले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहकार्य हुने बताए ।

यद्यपी आगामी महाधिवेशनका लागि कुन नेताले कस्तो रणनीति लिएका छन् भन्ने कुरामा आफूलाई जानकारी नभएको उनले बताए ।

पौडेल र देउवाबीच सहकार्यको चर्चा चले पनि कांग्रेसमा आगामी महाधिवेशनलाई लक्षित गरेर कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहबीच पनि सहकार्यको प्रयास भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?