मंगलवार देखि हराईरहेका रामेछापका वडा अध्यक्ष मृत भेटिए !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मंगलवार देखि हराईरहेका रामेछापका वडा अध्यक्ष मृत भेटिए !

सारांश

  • रामेछाप , २६ वैशाख।
  • मंगलबार विहानदेखी हराएका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् ।
  • मंगलबार विहान ८ः३० बजेबाट बेपत्ता खत्रीको बुधवार विहान वडा नम्बर ५ प्रीतीकै बसेरी चिलाउने भन्ने ठाउँमा लाश भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणी नेवारले जानकारी दिए ।

रामेछाप , २६ वैशाख। मंगलबार विहानदेखी हराएका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार विहान ८ः३० बजेबाट बेपत्ता खत्रीको बुधवार विहान वडा नम्बर ५ प्रीतीकै बसेरी चिलाउने भन्ने ठाउँमा लाश भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणी नेवारले जानकारी दिए । उनले लिखु खोलामा हाम फालेर आत्माहत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

मृत भेटिएका वडा अध्यक्ष खत्री मंगलबार विहान ८ः३० बजे गाउँपालिका सदस्यलाई समेत वैठकमा जानु पर्छ भनि खबर गरी घरबाट हिडेका थिए । खत्रीको मोटरसाइकल , कोट , जुत्ता र डायरी मंगलबारै फेला परेको थियो ।

गाउँपालिकाका प्रवक्ता नेवारका अनुसार वडा अध्यक्ष खत्रीको मोटरसाइकल , कोट , जुत्ता र डायरी भेटिए भन्दा पाँच सय मिटर तल लाश भेटिएको हो । वडा अध्यक्ष खत्रीको लाश अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न समय लाग्ने प्रवक्ता नेवारले बताए ।

मंगलबारको गाउँकार्यपालिकाको वैठकमा अबेरसम्म नआएपछि वडा अध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको गाउँपालिका , प्रहरी र स्थानीयहरुले खोजी कार्यमा लागका थिए । मृत भेटिएका खत्री नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?