बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत

सारांश

  • काठमाडौं ।
  • २०४८ सालको आम निर्वाचनका क्रममा गिरिजाप्रसाद कोइरालालाई जिताउन बुथ कब्जा गर्ने क्रममा ‘डा.
  • शेखर कोइराला पक्राउ परेको’ भन्ने दावी गर्दै सार्वजनिक भएको एक तस्बीरले धेरैको ध्यान तानेको छ ।

काठमाडौं । २०४८ सालको आम निर्वाचनका क्रममा गिरिजाप्रसाद कोइरालालाई जिताउन बुथ कब्जा गर्ने क्रममा ‘डा. शेखर कोइराला पक्राउ परेको’ भन्ने दावी गर्दै सार्वजनिक भएको एक तस्बीरले धेरैको ध्यान तानेको छ ।

प्रतिनिधि सभाका लागि मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार कोइरालाको प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका नेता लालबाबु पन्डीत छन् । यो तस्बीर अहिले लालबाबु पन्डीत समर्थकहरुका लागि पनि राम्रो मसला बनेको छ ।

डाकाहरुको मिलेमतोमा बुथ कब्जा गर्ने क्रममा डा. कोइरालालाई स्थानीयले समातेर हात बाँधेर उनीहरुकै साथमा रहेको पेस्तोल मुखमा कोचेर फोटो खिचेको बताइन्छ ।

यो तस्बीर यस अघि पनि सार्वजनिक भइसकेकोले नौलो होइन भन्नेहरु पनि छन् । तस्बीरमा रातो गम्छा लगाउने कोइराला हुन् – भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?