वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !

सारांश

  • वरुण धवन र अनुष्का शर्मा अभिनित चलचित्र सुइ धागा यसै वर्षको सितम्बरमा रिलिज हुँदैछ ।
  • फिल्मलाई लिएर दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियाले सबै जना उत्साहित देखिन्छन् ।
  • वरुण र अनुष्का पहिलो पटक एक साथ स्क्रिनमा देखिन लागेका हुन् ।

वरुण धवन र अनुष्का शर्मा अभिनित चलचित्र सुइ धागा यसै वर्षको सितम्बरमा रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियाले सबै जना उत्साहित देखिन्छन् । वरुण र अनुष्का पहिलो पटक एक साथ स्क्रिनमा देखिन लागेका हुन् ।


यसै क्रममा फिल्मकी नायीका अनुष्काले वरुणका बारेमा रोचक कुरा बताएकी छन् । उनले वरुणलाई स्टुडेन्ट अफ द इयर रिलिज भएदेखि नै इज्जत गर्ने र उनको काम निकै मन पराएको बताइन् । तर अर्जुन कपुर र रणवीर कपुरका कारण आफूहरुको मित्रता हुन नसकेको अनुष्काले बताइन । उनीहरुले वरुण र अनुष्कालाई एक अर्काले घृणा गर्ने कुरा बताएको अनुष्काको आरोप छ । रणवीर र अर्जुनले आफूहरुको मित्रता भएमा बलिउडको इतिहास बदलिने कुरालाई लिएर डराएको बताइन् ।


अनुष्काले थपिन, यदि वरुणसँग पहिले नै भेट भएको भए आफूहरु फिल्म जगतको यस्तो जिग्री साथी हुनेथियौँ जो बलिउडले देखेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?