प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई आज

सारांश

  • काठमाडौं ।
  • संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज बुधबार सुनुवाईका लागि बोलाएको छ ।
  • थपलिया विरुद्ध ६ वटा उजुरी परेका छन् ।

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज बुधबार सुनुवाईका लागि बोलाएको छ । थपलिया विरुद्ध ६ वटा उजुरी परेका छन् ।

बुधबार बिहान ११ बजे समितिले थपलियाविरुद्ध उजुरी दर्ता गर्ने उजुरीकर्तासँग छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । आज दिउसो नै थपलियाको सुनुवाइ हुनेछ । यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझालाई पनि सुनुवाइका लागि बोलाइएको छ । ओझाविरुद्ध भने कुनै पनि उजुरी दर्ता भएको छैन ।

थपलियाविरुद्ध कर्मचारी समायोजन प्रक्रियामा विभेद गरेको उजुरी परेका छन् । समायोजन प्रक्रियाबारे नै चारवटा उजुरी दर्ता भएका छन् ।

उपेक्षित, उत्पीडित र दलित वर्ग विकास समितिको कार्यक्रम र बजेट कटौती गरी विभेद गरेको पनि आरोप लगाइएको छ ।

विकास समिति ऐन अनुसार गठित उक्त संस्थाले विभेदकारी रुपमा कार्यसम्पादन गर्ने व्यक्तिलाई संवैधानिक आयोगको जिम्मेवारी दिनु गलत हुने उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?