वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
वाईड बडीमा भ्रष्टाचार भएको निश्कर्ष, दोषीमाथि हदैसम्मको कारबाही गर्न लेखा समितिको सिफारिस

सारांश

  • काठमाडौं।
  • संघीय संसदको लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।
  • सोमबार बसेको समितिको बैठकले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारवाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय भएको समितिका सभापति भरत शाहले जानकारी दिए।

काठमाडौं। संघीय संसदको लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

सोमबार बसेको समितिको बैठकले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारवाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय भएको समितिका सभापति भरत शाहले जानकारी दिए। समितिले वाइडबडी खरिद प्रकरणमा छानविन गर्न गठित उपसमितिको प्रतिवेदन परिमार्जनसहित लेखासमितिले पारित गरेको छ।

यसअघि तत्कालीन सचिव प्रेमकुमार राई, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन मन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायण देव र वर्तमान मन्त्री रवीन्द्र अधिकारीलाई कारवाहीको सफारिस गरिएको थियो।

तर यअसघिका दुई जना मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्नेर वहालवाला मन्त्रीलाई हदैसम्मको कारवाहीको सिफारिस गरिएको भन्दै उपसमितिको प्रतिवेदनप्रति विवाद भएको थियो।

सोमबार बसेको समितिको बैठकले तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईको नाम हटाएर वाइडबडी प्रकरणमा संलग्न सबैलाई समान कारवाहीको गर्न सुझाव दिएर प्रतिवदन पारित गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?