गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

सारांश

  • बीबीसी।
  • दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
  • आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्।

बीबीसी। दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्।उक्त डुङ्गामा झन्डै ६० जना मानिस चढेका थिए। एउटा प्रसिद्ध पर्यटकीय स्थल जान लागेका बेला डुङ्गा एउटा ठूलो ढुङ्गामा ठोक्किएको थियो।

स्थानीय अधिकारीहरूले २७ जनालाई सकुशल उद्धार गरेको बीबीसी तेलुगूलाई बताए।नदीमा उद्धारकर्ताहरूलाई खटाइएको छ। अहिले बेपत्ता भएका मानिसहरू खोजिँदैछ।हङ्गेरी डुङ्गा दुर्घटनामा हराइरहेका जीवितै फेला पर्ने सम्भावना कम
ब्राजिलमा डुङ्गा ठोक्किएपछि पुल भत्कियो, एउटा राज्यमा सङ्कटकाल
नदीबाट जीवितै उद्धार गरिएका मानिसले शोक तथा क्षोभ प्रकट गरेका छन्।

माधवीलता नाम गरेकी एक महिला जोगिइन् तर उनका पति र बच्चाको भने मृत्यु भयो।बच्चाबिना म पनि मरेकी भए हुन्थ्यो,ू रुँदै उनले भनिन्, ूमैले पति र बच्चा गुमाएँ।ूराज्यका मुख्यमन्त्री जगन मोहान रेड्डीले सो क्षेत्रमा सबै डुङ्गा सेवा बन्द गर्न आदेश दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुस्ख व्यक्त गर्दै पीडितहरूलाई सहानुभूति दिएका छन्।

स्थानीय निकायले बीबीसी तेलुगूलाई उक्त दुर्घटना जङ्गल भएको एउटा दुर्गम स्थानमा भएको बताएका छन्। त्यहाँ सञ्चारको पर्याप्त सुविधा पनि छैन।उक्त पर्यटक डुङ्गा बिनाअनुमति सञ्चालन भएको पुष्टि गरेका छन्।तेलङ्गाना राज्यबाट आएका एक युवकका अनुसार उनको टोलीमा भएका १४ मध्ये नौ जना हराएका छन्।भारतमा डुङ्गामा प्रायस् क्षमताभन्दा बढी भार हालिएको हुन्छ। फितलो सुरक्षा प्रबन्ध र अनुगमनको अभावका कारण बारम्बार दुर्घटनाहरू हुने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
बाढीपहिरामा परेर जेठ २८ यता १३३ जनाको मृत्यु
बाढीपहिरामा परेर जेठ २८ यता १३३ जनाको मृत्यु
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु
निर्मला बलात्कार-हत्या प्रकरण: एसपी सहित १६ प्रहरीमाथि छानबिन शुरु
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील
प्रदेश नं. ७ मा चुनावको तयारी पूरा, १ सय ४ मतदानस्थल अति संवेदनशील

तपाईंले छुटाउनुभयो कि?