भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भरतपुरका मेयरलाई २ करोड ७० लाखको ल्याण्डक्रुजर गाडी,

सारांश

  • भरतपुरकामा निर्वाचित मेयर रेणु दाहाल २ करोड ७० लाख मुल्य पर्ने प्राडो ल्याण्डक्रुजर गाडी चढ्न थाल्नुभएको छ ।
  • मतपत्र च्यातेर करिव तीन महिनापछि मेयर निर्वाचित हुन सफल हुनुभएकी भरतपुरकी मेयर दाहालले ०७२ साल असार २८ गते किनिएको गाडी चढ्न थाल्नु भएको हो ।
  • ‘०७२ असार १८ गते नारायण सापकोटा कार्यकारी अधिकृत रहेको बेला खरिद गरिएको गाडी नयाँ मेयरसावलाई ब्यवस्था गरिएको छ’ भरतपुरका स्टोर शाखा अधिकृत नारायण लौडारीले भन्नुभयो, ‘अहिले सो गाडीको मुल्य २ करोड ७० लाख हो ।

भरतपुरकामा निर्वाचित मेयर रेणु दाहाल २ करोड ७० लाख मुल्य पर्ने प्राडो ल्याण्डक्रुजर गाडी चढ्न थाल्नुभएको छ । मतपत्र च्यातेर करिव तीन महिनापछि मेयर निर्वाचित हुन सफल हुनुभएकी भरतपुरकी मेयर दाहालले ०७२ साल असार २८ गते किनिएको गाडी चढ्न थाल्नु भएको हो । ‘०७२ असार १८ गते नारायण सापकोटा कार्यकारी अधिकृत रहेको बेला खरिद गरिएको गाडी नयाँ मेयरसावलाई ब्यवस्था गरिएको छ’ भरतपुरका स्टोर शाखा अधिकृत नारायण लौडारीले भन्नुभयो, ‘अहिले सो गाडीको मुल्य २ करोड ७० लाख हो ।’ भरतपुरको सो गाडी खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा समेत छ ।

विराटनगरका मेयरलाई २ करोडको गाडी 
विराटनगरका मेयर भीम पराजुली २ करोड मुल्यको टोयोटाको फच्र्युनर गाडी चढ्नुहुन्छ । फिनल्याण्ड सरकारले ५ वर्षअघि सरकारलाई दिएको उक्ता गाडी स्थानीय विकास मन्त्रालयले विराटनगर महानगरपालिकालाई दिएको विराटनगरका कार्यकारी अधिकृत दीपक कोइरालाले वताउनुभयो ।

पोखराका मेयरलाई मन्त्रालयले दिएको गाडी
पोखराका मेयर मानबहादुर जीसी स्थानीय विकास मन्त्रालयले १९ वर्ष अघि दिएको ल्याण्डक्रुजर– ९६ चढ्नुहुन्छ । उपमेयर मञ्जु गुरुङ चढ्ने गाडी भने बिग्रेकाले मर्मत सम्भारका लागि राखिएको छ । मेयर जिसीले चढ्ने गाडी पुरानो भएको र यसको आजको मूल्य यकिन नभएको कानुन अधिकृत राममणि अधिकारीले वताउनुभयो ।

ललितपुरका मेयर महर्जनलाई 
ललितपुरका मेयर चिरीबाबु महर्जन टोयोटाको र्याप फोर गाडी चढ्नुहुन्छ । उहाँ १४ वर्ष अगाडि किनेको बा ४ च ७८५२ नम्बरको गाडी चढ्नुहुन्छ । पुरानो गाडी भएकाले उक्त गाडीको अहिलेको मुल्य थाहा नभएको महानगरका प्रवक्ता राजु महर्जनले वताउनुभयो ।

विद्यासुन्दर शाक्य गत जेठ १५ गते महानगरको मेयरमा निर्वाचित भएको घोषणा भयो । मेयर हुनुभन्दा ठ्याक्कै दुई महिनाअघि २०७३ चैत १५ गते महानगरले किनेका २ वटा गाडीलाई लिएर अहिले मेयरले १ करोड २० लाखको नयाँ गाडी मगाएको भन्ने समाचारले सामाजिक सञ्जाल तातेको छ ।
एक अनलाइन न्युज पोर्टलले शाक्यले एक करोड २० लाखको नयाँ गाडी मगाएको भनी सोमबार समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जालमा हंगामा भएको हो । तर, उक्त गाडी स्थानीय तहको निर्वाचनको नतिजा आउनु भन्दा दुई महिना अघि नै महानगरपालिकाले खरिद गरेको पुष्टि भएको छ ।

मेयरमा निर्वाचित भएपछि शाक्यले आफूलाई एक करोड २० लाखको गाडी मगाएको र उपमेयर हरिप्रभा खड्गीलाई ८० लाखको गाडी मगाएको समाचार प्रकाशित भएको थियो ।

महानगरपालिकाले नयाँ प्रतिनिधि आएपछि सवारीसाधन अपुग हुने भन्दै गत चैत १५ गते दुईवटा सवारी साधनका लागि टेण्डर प्रकाशित गरेको थियो । चैत १५ गते टेण्डर गरी मगाइएको टोयोटा कम्पनीले फच्र्युनर एक साताअघि काठमाडौंमा आइपुगेको हो । तर, मेयर शाक्यले आफूलाई चढ्न नयाँ गाडी मगाइएको समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा हंगामा भएको छ । चैत १५ गते टेण्डर गरी किनिएका २ वटा गाडी मध्ये एउटा भने भन्सार प्रक्रियामै छ । काठमाडौं आइपुगेको गाडी मेयर शाक्यले चढ्ने र आउँदै गरेको गाडी उपमेयर खड्गीले चढ्ने भन्दै समाचार आएपछि हंगामा भएको हो ।

‘महानगरले गत चैत १५ गते दुईवटा गाडीका लागि टेण्डर गरेको थियो, त्यसमध्ये एउटा गाडी एक हप्ताअघि आएको छ एउटा आउनै बाँकी छ’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘नयाँ आएका गाडी कसले चढ्ने भन्ने कार्यालयले निर्णय गरेको छैन ।’ नयाँ गाडी आए पनि कसले चढ्ने भन्ने निर्णय नआएसकेको पनि कार्कीले वताउनुभयो । ‘मेयर उपमेयरलाई भनेर मगाएको होइन, उहाँहरु निर्वाचित हुनुभन्दा दुई महिना अघि नै टेण्डर गरी किनिएको हो’ कार्कीले भन्नुभयो, ‘कसले कुन गाडी चढ्नुहुन्छ म अहिले नै भन्न सक्दिनँ ।’ काठमाडौंका मेयर शाक्य चारवर्षअघि खरिद गरिएको एक करोड मुल्य पर्ने गाडी चढिरहनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उसिन्नु पर्ने अण्डा किन पकाइस् ?(हास्यव्यङग्य)
उसिन्नु पर्ने अण्डा किन पकाइस् ?(हास्यव्यङग्य)
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
प्रदेशसभाका सदस्य तथा पदाधिकारीको तलब बढ्यो ,अब कसले कति तलब पाउँछन् ?
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’
नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’
अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे

तपाईंले छुटाउनुभयो कि?