राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
सारांश
- हेटाैंडा।
- राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरिरहेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको मंगलबार सातौं दिन हेटौंडामा धार्मिक अनुष्ठान गरि शुरु भएको छ।
- यात्राले हेटौंडा नगर परिक्रमा गरि सिमाचोक पुगेर बृहत अामसभामा परिणत हुनेछ।
हेटाैंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरिरहेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको मंगलबार सातौं दिन हेटौंडामा धार्मिक अनुष्ठान गरि शुरु भएको छ। यात्राले हेटौंडा नगर परिक्रमा गरि सिमाचोक पुगेर बृहत अामसभामा परिणत हुनेछ।
सभालाई अध्यक्ष कमल थापा, नेताहरू बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्नेछन्। हेटौंडाको सभा समापन भएपछि यात्रा मकवानपुरको मनहरीमा सभा गर्दै चितवन तर्फ प्रस्थान गर्नेछ। चितवनको टाँडी, भरतपुर, नारायणगढमा कोणसभा हुनेछ भने नवलपुरको गैडाकाेट, कावासाेतीमा संक्षिप्त सभा हुनेछ। यात्रा आज साँझ कावासोतीमा रात्री विश्राम गर्नेछ।
राप्रपाले सनातन हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था बारे गोलमेच सम्मेलन, संघीयता बारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, ०४७ सालपछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने, विद्यमान आरक्षणको व्यवस्थामा सुधार गरि आर्थिक रुपमा विपन्नलाई आरक्षणको व्यवस्था गरिनुपर्ने लगायतका २२ बुँदे मागका पक्षमा जनमत सिर्जना गर्न राष्ट्रिय स्वाभिमान यात्रा गरिरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। यात्रा सुदुर पश्चिमको कञ्चनपुर पुगी फागुन ३० गते काठमाडौंमा कलश यात्रा र आमसभा गर्दै सम्पन्न हुने श्रेष्ठले बताए।
(Soma)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया