मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा

सारांश

  • विराटनगर – मोरङको छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
  •   क्षेत्र नं १ मा नेकपा९एमाले०का घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले आठ हजार ९८४ मत प्राप्त गर्नु भएको छ ।
  • क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेलले सात हजार १४६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका डा मीनेन्द्र रिजालले छ हजार ७०७ मत प्राप्त गरेका छन् ।

विराटनगर – मोरङको छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।  क्षेत्र नं १ मा नेकपा९एमाले०का घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले आठ हजार ९८४ मत प्राप्त गर्नु भएको छ ।

क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेलले सात हजार १४६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने काँग्रेसका डा मीनेन्द्र रिजालले छ हजार ७०७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा एमालेकै भानुभक्त ढकालले सात हजार १४६ मत प्राप्त गर्दा काँग्रेसका सुनील शर्माले छ हजार ७०७ मत प्राप्त गरेको छ ।  क्षेत्र नं ४ मा नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले सात हजार २४ मत लिई अग्रता कामय गरेको छ, भने काँग्रेसका महेश आचार्यले पाँच हजार ०४२ मत प्राप्त गरेका छन्  ।  क्षेत्र नं ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार ७८९ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने, काँग्रेसका अमृतकुमार अर्यालले तीन हजार २१८ मत प्राप्त गरेको छ ।

क्षेत्र नं ६ मा एमालेका लालबावु पण्डितले १३ हजार ७९ मत प्राप्त गरी अग्रता लिएको छ भने काँग्रेसका डा शेखर कोइरालाले ११ हजार १६ मत प्राप्त गरेको छ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?