वास्तविक पीडित अझै समस्यामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
वास्तविक पीडित अझै समस्यामा

सारांश

  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् ।
  • प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा किस्ता रकम रोकिएको तथा प्रवलीकरण र पुनःनिर्माणका विषयमा अझै पनि अन्योलता रहेको गुनासो उनीहरुले गरेका हुन् ।
  • सो अवसरमा गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वास्तविक पीडितले अझै राहत नपाएको र टाठाबाठाले मात्रै सुविधा पाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् ।प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा किस्ता रकम रोकिएको तथा प्रवलीकरण र पुनःनिर्माणका विषयमा अझै पनि अन्योलता रहेको गुनासो उनीहरुले गरेका हुन् ।सो अवसरमा गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वास्तविक पीडितले अझै राहत नपाएको र टाठाबाठाले मात्रै सुविधा पाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सवलीकरण तथा पुनःनिर्माणका लागि अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेकाले त्यसका लागि तत्काल व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले भूकम्पपीडितले भोग्नुपरेको समस्याको जानकारी अझै पनि गाउँपालिकासम्म नआउने अवस्था विद्यमान रहेको हुँदा यसको न्यूनीकरणका लागि गाउँपालिकाले फोकल पर्सनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।अन्नपूर्ण गाउँपालिकाका–१, २ र ३ का वडाध्यक्षहरु क्रमशः भरतबहादुर कुँवर, चूडामणि अधिकारी र चन्द्रबहादुर गुरुङले पुनःनिर्माणको काममा निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाउनुपर्ने, किस्ता रकम समयमा नै निकासा दिनुपर्ने, कामको प्रगति तथा समस्याका बारेमा वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका वरिष्ठ इञ्जिनीयर नवराज शर्माले प्राविधिक नपुग्दै बनेका घरको सन्दर्भमा गत भदौमा नै एकमुण्ठ रु तीन लाख दिने निर्णय भए पनि कार्यविधि आइ नसकेकाले ढिलाइ भएको बताउनुभयो ।उहाँले कार्यविधि आउनासाथ यस विषयको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पपीडित एकल महिला, अशक्त तथा अपाङ्गता भएमा थप रु ५० हजार अनुदान पाउने व्यवस्था भएको जानकारी पनि उहाँले दिनुभयो ।अन्नपूर्ण गाउँपालिकामा कूल ३९५ लाभग्राहीमध्ये ३५३ ले सम्झौता गरी पहिलो किस्ताबापतको रु ५० हजार बुझेको छ । अझै ४२ जनाले सम्झौता गर्न सकेका छैनन् ।घर सम्पन्न गरी तेस्रो किस्ता लिनेको सङ्ख्या ७५ पुगेको र दोस्रो किस्ता १७९ जनाले लिइसकेको र हाल १० वटा घर निर्माणका क्रममा रहेको पनि उक्त अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
‘रोएको’ र ‘बोलेको’ नचिन्ने नेपालकाे ‘पत्रकारिता’ !
निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको बाटो खुल्यो
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
पोखरा बिमानस्थल ‘रवीन्द्र’को नाममा राख्न व्यवसायीको माग
विवेकशील साझा पार्टी  फुट्याे
विवेकशील साझा पार्टी फुट्याे

तपाईंले छुटाउनुभयो कि?