डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
सारांश
- करिब १४९ वर्षपछि अदभूत खण्डग्रास चन्द्रग्रहण लागेको छ ।
- नेपाली समय अनुसार १ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो ।
- नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार करिब दुई घन्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
करिब १४९ वर्षपछि अदभूत खण्डग्रास चन्द्रग्रहण लागेको छ । नेपाली समय अनुसार १ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार करिब दुई घन्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लागेको थियो । १ बजेर ४६ मिनेटमा सुरु भएको खण्डग्रास चन्द्रग्रहणले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाकेको थियो ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ । भारतमा चन्द्रग्रहण २ बजेर ४६ मिनेटमा मध्य अवस्थामा पुगेको थियो । उक्त समयमा सबैभन्दा स्पष्ट चन्द्रग्रहण थियो । भारतमा ४ बजेर १५ मिनेटमा समाप्त भयो । चन्द्रग्रहण दक्षिण एशिया, अष्ट्रेलिया, यूरोप र दक्षिण अमेरिकाबाट देख्न सकिनेछ ।
खगोलविद्हरुले यो चन्द्रग्रहणलाई अदभूत भनेका छन् । गुरु पूर्णिमाकै दिन चन्द्रग्रहण पर्नु संयोग पनि भएको छ । निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेकेको हिजोकै दिन हो । आजभन्दा ठीक ५० वर्ष अघि पहिलोपटक चन्द्रमामा मानव पाइला परेको थियो । हिन्दु धर्ममा चन्द्रग्रहणका क्रममा सुतक परेको मानिन्छ । यस समयमा शुभकार्य गर्न नहुने धार्मिक धारणा छ ।
साउन १ गते बुधबारको राशीफल यस्तो छ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य्सिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला । ( ज्यो.प. नारायणप्रसाद दुलाल)
यी ४ राशीका मान्छे हुन्छन् धनी
वृष राशीः वृष राशी हुने व्यक्तिहरु जसले आफुमाथि आएको अवसरलाई सहिरुपमा सदुपयोग गर्न सक्यो भने धनको वर्षा नै लाग्ने ज्योतिष विज्ञानले बताएको छ । यो राशीको स्वामी शुक्र हुने भएकाले वृषमा शुक्रको प्रभाव बढी देखिने भएको छ । शुक्र ग्रहलाई धन, वैभव, रोमान्स र विलासिताको कारक मान्ने गरिन्छ। त्यसैले गर्दा वृष राशि हुने व्यक्तिले जहिले पनि वैभवका साथ जीवन बिताउने गर्छन् । यी राशी भएका व्यक्तिलाई धनी बन्ने अवसरहरु कयौँ आउने गर्छन् ।
वृश्चिक राशीः सबै प्रकारका गुणले भरिपुर्ण भएको यो राशी धनि हुने दोस्रो नम्बरमा आउने गर्छ । यो राशी भएका मानिसरु आफ्नो मन परेको कुरा लिनको लागि जहिल्यै पनि तयार हुने गर्छन् । उनीहरु भौतिक सुख सुविधाको निकै लालस गर्ने भएकाले जुन कुरा प्राप्त गर्नको लागि धेरै मेहनत गर्नु पर्ने हुन्छ ।
कर्कट राशीः यो राशी भएका मानिसहरु भौतिक सुख सुविधा र आरामको लागि निकै जुझारु हुने गर्छन् । उनीहरु जति लालहित हुने गर्छन् त्यतिकै भाग्यलेपनि साथ दिने गर्छ । त्यसकारण उक्त राशी भएका मानिसमा धनि बन्ने सबै गुणहरु प्राप्त हुन्छन्।
सिंह राशिः सिंह जस्तै शक्तिशाली हुने भएकाले सिंह राशी भएका मानिसहरु धन कमाउनको लागि निकै आरामदाई जीवन व्यतित गर्नको लागि कडा मेहनत गर्ने गर्छन्। यी राशी भएका मानिसहरुमा धनि बन्न सम्पूणे गुणहरु भएको हुन्छ
प्रतिक्रिया