ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन

सारांश

  • साउन ।
  • सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।
  • पूर्व राजा शाहका सचिव डा.

साउन । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुख नेपाल आएकोबारे सरकारलाई कुनै जानकारी नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेको लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफूले पनि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको स्पष्ट पारेका छन् ।

पूर्व राजा शाहका सचिव डा. फणिराज पाठकले एक विज्ञप्ति निकाल्दै यस्तो स्पष्टीकरण दिईएको हो । पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु ।’

विज्ञप्तिमा भनिएको छ,‘यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।,’

किस गर्दै गरेको फोटोका कारण साम्राज्ञी फेरि भइन् भाइरल (फोटो सहित)
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला इण्डोनेसीयामा विदा मनाइरहेकी छिन् । तर विदा मनाउँदै गर्दा पनि उनले नेपालमा सामाजिक सञ्जालमा तरंग ल्याइरहेकी छिन् । उनले त्यहाँ सार्वजनिक गरेका हरेक फोटो अहिले नेपालमा भाइरल भइरहेको छ । ब्वाइफ्रेण्डसँग खुलेर रोमान्स गरिरहेकी छिन साम्राज्ञी अहिले बालीमा । त्यहाँ बिदा मनाइरहेका समय उनले सार्वजनिक गरेका केही फोटोहरुले उनलाई फिल्ममा अभिनय गरेका भन्दा बढि चर्चा परिचर्चा दिइरहेको छ ।

सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको फोटोलाई लिएर नकरात्मक टिकाटिप्पणी पनि भइरहेको छ । तर यसलाई साम्राज्ञीले खासै वास्ता गरेकी छैनन् । उल्टै इन्स्टाग्राममार्फत ‘हात्ती चले बजार, कुत्ता भुके हजार’ पोष्ट गर्दै हल्ला गर्नेहरुलाई जवाफ दिएकी थिइन् । जति नै नकरात्मक टिप्पणी भए पनि उनलाई मतलव छैन बरु ब्वाईफ्रेण्ड मानिएका देवांश राणासँगका अरु अन्तरंग फोटो सार्वजनिक गरिरहेकी छिन् ।

अहिले उनले ब्वाईफ्रेण्डसँग गाडीमा चुम्बन गरिरहेको फोटो सार्वजनिक गरेकी छिन् । यो पछिल्लो फोटो सार्वजनिक भएसँगै फेरि उनको मनमौजी स्वभावको चर्चा सुरु भएको छ ।

‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकिएपछि साम्राज्ञी बिदा बनाउन इण्डोनेसीयाको बाली पुगेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?