विगु गाउँपालिकाका ६० देखि ७० घर पहिरोको जोखिममा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
विगु गाउँपालिकाका ६० देखि ७० घर पहिरोको जोखिममा !

सारांश

  • दोलखा, २३ साउन ।
  • जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
  • मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दोलखा, २३ साउन । जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मध्यराति करीब १२ बजे माथिबाट आएको पहिरोले उनीहरु बसेको घर पुरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारार्थ सिङ्गटी ल्याइएको छ ।

बुलुङको सबै गाउँ पहिरोको जोखिममा परेको छ । पहिरोले सिङ्गो वडामा क्षति पु¥याएकाले अनुगमन भइरहेको र क्षतिको विवरण संकलन हुन अझै केही समय लाग्ने विगु गाउँपालिका–३ का अध्यक्ष श्रीराम खड्काले बताए । वडाभरिका करीब ६०÷७० घर पहिरोको जोखिममा परेको जानकारी आएको खड्काले बताए ।

पहिरोले साविक बुलुङ गाविस– ७ पाइनगाउँमा पनि ३३ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीय केशर लामाले दिएको जानकारीअनुसार माथिबाट पहिरो र तलबाट खोलाले तानेपछि सो क्षेत्रका ३३ घरपरिवार जोखिममा परेका हुन् । स्थानीय असली तामाङ र डम्बरे तामाङको घर उच्च जोखिममा रहेको उनले बताए । बुलुङकै भिरमुनीमा पनि सात आठ घर पहिरोको जोखिममा परेको स्थानीयवासी भुवन बरालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
अछाम,उदयपुर,गुल्मी,रोल्पा,बाजुरा,डोटी को ताजा पारीणाम
आगामी तीन दिन मनसुन सक्रिय
आगामी तीन दिन मनसुन सक्रिय
नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!
नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash
Grief after the Tragic Demise of Korean Actor Kim Joo-hyuk in Car Crash
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
आज घट्यो सुनको मूल्य, कति छ तोलाको  ?
आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?