​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?

सारांश

  • काठमाडौं,  २६ असार।
  • एनआइसी एसिया बैंकबाट अन्तर्राष्ट्रिय ह्याकर समूहले करिब आधा अर्ब रुपैयाँ चोरी गरे ।
  • स्वीफ्ट कोड ह्याक गरी गत कात्तिकमा पैसा चोरी भएको थियो ।

काठमाडौं,  २६ असार। एनआइसी एसिया बैंकबाट अन्तर्राष्ट्रिय ह्याकर समूहले करिब आधा अर्ब रुपैयाँ चोरी गरे । स्वीफ्ट कोड ह्याक गरी गत कात्तिकमा पैसा चोरी भएको थियो ।

जसमध्ये करिब ५ करोड रुपैयाँ बैंकले अझै फिर्ता पाउन सकेको छैन ।

अनुसन्धानको क्रममा उत्तरकोरियाको ‘लजारुस’ समूहले बैंकको स्वीफ्ट कोड ह्याक गरेको कुरा पत्ता लाग्यो । सो समूहले गत वर्ष बंगलादेशमा पनि स्वीफ्ट कोड ह्याक गरी अरबौं ट्रान्सफर गरेको थियो ।
पछिल्लो समय विश्वमै उत्तर कोरियाली ह्याकरहरुले बिगबिगी बढीरहेको छ । पश्चिमी देशहरुलाई समेत उनीहरुले चुनौती दिइरहेका छन् । यस्तो बेला केही उत्तर कोरियाली नागरिकहरुले नेपालमा सफ्टवेयर निर्माणसम्बन्धी आइटी कम्पनी खोलेका छन् । जसलाई निकै शंकास्पद रुपमा लिइएको छ।

योङ बोङ चन्द आईटी कम्पनीको नाममा केही उत्तर कोरियन नागरिकहरु नेपालमा बिजनेश भिसामा बस्दै आएका छन् । माइतीघर नजिकै उनीहरुले कार्यालय स्थापना गरेका छन् । उनीहरुले ‘सफ्टवेयर डेभलपमेन्ट र डाटा प्रोसेसिङ’ का नाममा बिजनेस भिसा लिएका छन् । सो कम्पनीका नाममा ८ जना उत्तर कोरियन नागरिकहरु नेपालमा सक्रिय छन् ।

स्रोतका अनुसार काठमाडौंस्थित उत्तर कोरियाली दुतावासको नजिक भएर उनीहरुले आफ्ना गतिविधिहरु गरिरहेका छन् । दूतावासले नै सो कम्पनीलाई सहयोग गर्नुले पनि थप शंकास्पद बनाएको छ । दूतावास निकट भएर जासुसीको गतिविधिमा समेत उनीहरु संलग्न रहेको हुनसक्ने अध्यागमन विभागको आशंका छ ।

काठमाडौंका बैंक लगायत केही कम्पनीहरुमा उनीहरुले सफ्टवेयर निर्माण तथा डाटा प्रोसेसिङसम्बन्धि कामको प्रस्ताव लगेका छन् । तर, उनीहरु शंकास्पद समूह भएकाले ह्याकिङको उदेश्यले उनीहरुले आफुहरुको सफ्टवेयर बिक्रि गर्न लागेको हुनसक्ने स्रोत बताउँछ । उनीहरुले बैैंकहरुमै आफ्नो सफ्टवेयर बेच्ने प्रयास गरिएका छन् ।

आधुनिक प्रविधि अँगाले पनि नेपालमा साइबर सेक्युरिटी क्षेत्रको बारेमा जानकार व्यक्तिहरु थोरै छन् । जसकारण नेपालको बैंकदेखि सरकारी सफ्टवेयरहरु सम्बन्धि बेला बेलामा ह्याक हुने गरेका छन् ।
यही बेला उत्तर कोरियन नागरिकहरु समेत आइटीसम्बन्धि व्यापारमा आबद्ध हुनु संयोग मात्र नभएको बताइन्छ ।

चन्द थरका एक नेपालीलाई समेत साझेदार बनाएर उनीहरुले यस्तो व्यवसाय गर्न गरेको स्रोत बताउँछ । नेपालमा व्यापारको आवरणमा धेरै जना जासुसी तथा अन्य अवैध गतिविधिमा बस्दै आएका छन् । सरकारले उनीहरुमाथि नियमन गर्न नसक्दा नेपाल विदेशीहरुको खेलमैदान बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
प्रहरीको चौतर्फी गस्ती सक्रिय: प्रतिबन्धित औषधिसहित आठ जिल्लाबाट २५ जना लागुऔषध कारोबारी समातिए
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
सेल्फी खिच्न फ्यानले तानातान गर्दा नवाजुद्दिन सिद्दिकीको हात भाँचियो
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
नक्कली छोरा बनाएर मिर्गौला चोर्ने जेल चलान, को को मिलेर चोरेका थिए
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्रीको निर्देशनपछि डोटीको सुरक्षा व्यवस्था कडा