विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड

सारांश

  • काठमाडौं, मंसिर २५ – जितको उत्सव मनाउँन वाम गठबन्धनका शीर्ष नेता गृहजिल्लामा पुगेका छन् ।
  • झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली विजयी घोषणा हुँदा काठमाडौंमा नै हुनुहुन्थ्यो ।
  • विजयी उत्सब मनाउँन तथा मतदातालाई धन्यबाद दिनको लागि ओली सोमबार विहान गृहजिल्ला झापा पुग्नुभएको छ ।

काठमाडौं, मंसिर २५ – जितको उत्सव मनाउँन वाम गठबन्धनका शीर्ष नेता गृहजिल्लामा पुगेका छन् । झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली विजयी घोषणा हुँदा काठमाडौंमा नै हुनुहुन्थ्यो । विजयी उत्सब मनाउँन तथा मतदातालाई धन्यबाद दिनको लागि ओली सोमबार विहान गृहजिल्ला झापा पुग्नुभएको छ ।

मतगणना सुरु भएदेखि गणनास्थल चितवनमा एकपटक पनि नजानु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिद्वन्दी बिक्रम पाण्डेसँग मतान्तर बढदै गएपछि गृहजिल्ला चितवन पुग्नुभएको थियो ।

उहाँ विजयी घोषणा भएपछि अहिले चितवनमा शुभकामना लिइरहनुभएको छ । वाम गठबन्धन आवद्ध अन्य शिर्ष नेता पनि विजयी भएपछि आफू निर्वाचित भएको निर्वाचन क्षेत्रमा नै रहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?