कमरेडहरुमा किन देखियो बक्सियोस् मोह ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कमरेडहरुमा किन देखियो बक्सियोस् मोह ?

सारांश

  • बक्स्योस् जस्ता उच्च आदरार्थी शब्द नेपालीहरुले पनि विदेशीबाट सिकेका हुन् ।
  • उर्दु र अरेबिकमा उच्च आदरार्थी यस्ता शब्दको अत्याधिक प्रयोग हुनेगर्छ ।
  • नेपालका राजपरिवार र उनीहरुनिकटले प्रयोग गर्ने गरेको बक्स्योस्, हजूर, ज्यूनार जस्ता शब्दहरुप्रति सबैभन्दा हेला नेपालका कम्युनिष्ट नेताहरुले गरेका थिए ।

बक्स्योस् जस्ता उच्च आदरार्थी शब्द नेपालीहरुले पनि विदेशीबाट सिकेका हुन् । उर्दु र अरेबिकमा उच्च आदरार्थी यस्ता शब्दको अत्याधिक प्रयोग हुनेगर्छ । नेपालका राजपरिवार र उनीहरुनिकटले प्रयोग गर्ने गरेको बक्स्योस्, हजूर, ज्यूनार जस्ता शब्दहरुप्रति सबैभन्दा हेला नेपालका कम्युनिष्ट नेताहरुले गरेका थिए । यस्तो शब्दको प्रयोगलाई सामन्ती भाषा सम्म भन्थे ।

एक अर्कालाई कमरेड भन्छन् कम्युनिष्ट नेता कार्यकर्ता । यो पनि नेपाली भाषा होइन । विदेशी आयातित भाषा हो । जसरी बक्स्योस् र हजूर उर्दू र अरेबिक भाषाबाट आयातित हो कमरेड पश्चिमतिरबाट आयातित भाषा हो । दुवै आयातित भाषा हुन् ।

कमरेडहरु आजकाल बक्स्योस् र हजूर भन्न रुचाउन थालेका छन् । नेपालका अधिकांश कम्युनिष्ट पार्टीका घरहरुभित्र यी शब्द प्रचलित छन् । आफ्नो पालामा बक्स्योस् र हजूर शब्द बहिष्कार गरेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको घरमा नयाँ आएका बुहारीले बक्स्योस् र हजूर शब्द प्रयोग गर्न थाले । नेताहरुले यो शब्द प्रयोग नगर्न भन्न पनि सकेनन् । अहिले तिनका सन्तान दरसन्तान बक्स्योस् र हजूर शब्द प्रयोग गर्छन् ।

प्रधानमन्त्री र मन्त्री भइसकेका कमरेडहरुलाई सेना र प्रहरीले बक्स्योस् र हजूर प्रयोग गर्दै आएका छन् । यसलाई उच्च आदरार्थी सम्झेर सहज मान्छन् । कमरेडहरुमा हजूर र बक्स्योस् सुन्दा आनन्द मान्न थालेपछि पत्रकारहरुले तिमी लेखेको र मिडियामा बोलेको सुन्न चाहँदैनन् । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले घरमा बाबुआमालाई पनि तिमी भन्छन् भने । समानताको विषय उठाउने प्रधानमन्त्रीको मुखबाट यो बोली आएपछि यसले बहस जन्माएको छ ।

व्यक्तिगत रुपमा बोल्दा अहिले पनि आफूभन्दा ठूलो या सम्मानितलाई तपाईं र हजूरको प्रयोग गरिन्छ । मिडियाले सबैलाई समान ठानेर तिमी शब्द चयन गरेर प्रचलनमा ल्याएको छ । यसलाई प्रधानमन्त्रीले रुचाएनन् ।

राजाको पालामा राजपरिवारका सदस्यलाई बक्स्योस् शब्द प्रयोग गरिन्थ्यो । प्रधानमन्त्री र मन्त्रीलाई तपाईं र बाँकीलाई तिमी सम्म प्रयोग गरिन्थ्यो । अहिले प्रधानमन्त्री ओलीले तपाईं र हजूर शब्द मिडियामा पनि खोजेका छन् । कमरेडहरुको घर परिवारमा तपाईंबाट बक्स्योस् या स्योस् हजूरमा रुपान्तरण देखिएको छ । जुन मिडियामा पनि खोजिएको छ ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
दार्चुला प्रकरणः छानविन समितिले भन्यो तुइन काण्डमा भारतीय एसएसबीको उपस्थिति
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
अब आचारसंहितासम्बन्धी एक हप्ताको प्रशिक्षण तालीम लिएर मात्र पत्रकारिता गर्न पाउने
Varun Dhawan and Shraddha Kapoor’s High Rated Gabru from ‘Nawabzaade’ will make you groove!
Varun Dhawan and Shraddha Kapoor’s High Rated Gabru from ‘Nawabzaade’ will make you groove!
काठमाडौंमा बालेन साहको अग्रता
काठमाडौंमा बालेन साहको अग्रता
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प
प्रशिक्षण शिविर उद्घाटन  उपप्रधानमन्त्री थापा
प्रशिक्षण शिविर उद्घाटन उपप्रधानमन्त्री थापा
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
विश्व कपमा भारतको पहिलो हार, पाकिस्तानको तनाव बढ्यो
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी