नगरपालिकाले बृद्ध बृद्धलाई निःशुल्क भ्रमण गराउने
सारांश
- इलाम, २६ कात्तिक ।
- देशले समृद्द नेपाल सुखी नेपाली भन्ने मूल नारा सहित काम गरिरहेको बेला इलामको सुर्योदय नगरपालिकाले जेष्ठ नागरिकको लागि ऐतिहासिक निर्णय गरेको छ।
- नगरपालिका भन्ने बित्तिकै बिकाश निर्माण गर्ने भन्ने धारणा आममानिसमा बनिरहेको बेला नगरपालिकाले भने देश दर्शन कार्यक्रम मार्फत कम्तिमा पनि ७० जनालाई काठमाडौँ लुम्बिनी पोखरा जस्ता पर्यटकीय स्थान घुमाउने निर्णय गरेको हो।
इलाम, २६ कात्तिक । देशले समृद्द नेपाल सुखी नेपाली भन्ने मूल नारा सहित काम गरिरहेको बेला इलामको सुर्योदय नगरपालिकाले जेष्ठ नागरिकको लागि ऐतिहासिक निर्णय गरेको छ। नगरपालिका भन्ने बित्तिकै बिकाश निर्माण गर्ने भन्ने धारणा आममानिसमा बनिरहेको बेला नगरपालिकाले भने देश दर्शन कार्यक्रम मार्फत कम्तिमा पनि ७० जनालाई काठमाडौँ लुम्बिनी पोखरा जस्ता पर्यटकीय स्थान घुमाउने निर्णय गरेको हो।
मंसिरको पहिलो साता देखि नै भ्रमण सुरु गर्ने सुर्योदय नगरपालिकाका मेयर रण बहादुर राइले बताए । आर्थिक लगायत बिभिन्न कारणले झापा इलामदेखि टाडा पुग्न नसकेका जेष्ठ नागरिकलाई निशुल्क घुमाउने निर्यण सुर्योदय कार्यपालिकाकाको २५ औ बैठकले गरेको थियो। बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त रकम पर्यटन ,बिधुतिकरण ,फोहोरमैला व्यवस्थापन र पूर्वाधार साझेदारी बिकासमा साझेदारी गर्ने निर्णय गर्नुका साथै नगरपालिकाको एककृत पर्यटकीय गुरु योजना यसै बर्षभित्र तयार गर्न पहल गर्ने निर्यण पनि गरेको छ। छात्रवृति कार्यक्रम अन्तर्गत नगरका बिपन्न , महिला ,जनजाती ,दलित तथा पछाडी परेका समुदायका बिद्यार्थीलाइ प्रत्येक वडाबाट कम्तिमा ५ जनालाई स्नातक तह अध्ययनको लागि मङ्सिर ३ भित्र नाम छनौट गर्नुका अतिरिक्त नगरको पर्यटकीय स्थान् कन्याम ,पशुपतिनगर फाटक र श्रीअन्तु डाडा लगायतका ठाउमा १०० देखि २०० मिटरमा फोहोर संकलन राख्ने निर्णय गरेको छ।
प्रतिक्रिया