विमान दुर्घटनामा ज्यान गुमाएका, घाइतेका परिवारले १० करोडसम्म पाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं : यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ।
  • दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.
  • प्रभाकर अधिकारी बताउँछन्।

काठमाडौं : यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड रुपैयाँ) सम्म बिमा पाउने देखिएको छ।

दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१ ले तोकेको क्षेत्राधिकारभित्र रहेको असीमित दायित्वअन्तर्गत बिमा दाबी गर्दा ठूलो रकम पाउने नजिर स्थापित भइसकेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन विज्ञ प्रा.प्रभाकर अधिकारी बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा उत्तम काप्रीले खबर लेखेका छन् ।

अमेरिकाले हवाई यात्रुको बिमा रकम वार्सा सन्धिमा कमी भएको भन्दै बढाउन मन्ट्रियल सन्धिको अवधारणा ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका दुर्घटना भएको विमानमा अमेरिकी लगानी छ।

पीडित परिवारले मन्ट्रियल सन्धिमा उल्लेख विमान कम्पनीको व्यावसायिक क्षेत्रलाई आधार मानेर अमेरिकाको अदालतमै बिमा दाबी गर्दा ठूलो रकम पाउने वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी बताउँछन्।

मन्ट्रियल सन्धि लागू नभएकै अवस्थामा पनि थाई एयरवेजको जहाज दुर्घटनामा परी ज्यान गुमाएकी सन्तोष कोइरालाका श्रीमान्ले अमेरिकाको क्यालिफोर्निया अदालतबाट असीमित दायित्व अन्तर्गतको बिमा दाबी गर्दा सात लाख पचास हजार डलर पाएका थिए।

त्यतिबेला वार्सा सन्धिमा २० हजार मात्रै बिमा रकम ताकिएको थियो। यूस–बंगला विमान दुर्घटनाबाट पीडित परिवारले दाबी नगर्दा पनि न्यूनतम पनि एक लाख एसडीआर अर्थात् एक लाख ४५ हजार अमेरिकी डलर (एक करोड ४५ लाख रुपैयाँ) पाउँछन्। असीमित दायित्वअन्तर्गत क्षतिपूर्ति दाबीका लागि सरकारी निर्णय र विमान दुर्घटनासम्बन्धी प्रतिवेदन कुर्नु पर्दैन।

सरकारी निर्णय र नेपाल सरकार मातहतमा अदालतबाट बिमा दाबी गर्दा पीडितले उचित बिमा नपाउने अधिकारी ठोकुवा गर्छन्। ‘नेपाली कानुनलाई पछ्याएर क्षतिपूर्ति तथा बिमा दाबी गरे वार्सा कन्भेन्सनअनुसार पीडितले २० हजार डलर मात्रै पाउने भुक्तानी हुन्छ,’ अधिकारीले बुधबार अन्नपूर्णसित भने, ‘तर वार्सा कन्भेन्सनकै आधारमा पनि पीडितले असीमित दायित्वअन्तर्गत बिमा भुक्तानी पाएका अन्तर्राष्ट्रिय नजिर छन्।’

यही नजिर यूएस बंगलामा पनि लागू हुने अधिकारीले बताए। उचित बिमा दाबी गर्न वार्सा कन्भेन्सन र मन्ट्रियल कन्भेन्सनले विभिन्न क्षेत्र निर्धारण गरेको छ। तीनै क्षेत्रलाई आधार मानेर बिमा दाबी गर्दा व्यक्ति, लालनपालन, ठाउँ, ऐन कानुनका आधारमा पाउने रकम फरक–फरक हुन सक्छ।

कुन क्षेत्रलाई समातेर बिमा दाबी गरे बढी बिमा दाबी भुक्तानी हुन सक्छ। पीडित परिवारलाई राहतका लागि कुन तरिका अपनाएर कहाँ दाबी गर्ने भने विषयमा सोच्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
पत्रिका समाचारः एक्ला प्रधानमन्त्री ५१ निकायका प्रमुख
भदौ ४ गते बिहिवारको राशिफल यस्तो छ
भदौ ४ गते बिहिवारको राशिफल यस्तो छ
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…
राेचक समाचार :आफूभन्दा ३३ वर्ष जेठो पुरुषसँग विवाह गरेर मस्ती गर्दै…
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय
प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
राेचक समाचार : नेपालको सीमा नजिकै २५ रुपैयाँमा २० मिनेट युवती भाडामा
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक

तपाईंले छुटाउनुभयो कि?