सुमार्गी र सिरोहियाको युद्ध !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
सुमार्गी र सिरोहियाको युद्ध !

सारांश

  • काठमाडौं, पुस १३ ।
  • व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि कान्तिपुरका सञ्चालकले आक्रमण गर्न सक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।
  • आर्थिक लेनदेनको विषयमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट जुनसुकै बेला सांघातिक हमला हुन सक्ने आशंका व्यक्त गर्दै मुक्तिश्री इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

काठमाडौं, पुस १३ । व्यवसायी अजय सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि कान्तिपुरका सञ्चालकले आक्रमण गर्न सक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।

आर्थिक लेनदेनको विषयमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट जुनसुकै बेला सांघातिक हमला हुन सक्ने आशंका व्यक्त गर्दै मुक्तिश्री इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

सिरोहियाले आर्थिक सौदावाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका सञ्चार माध्यममा आफूविरुद्व नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले निवेदनमा उल्लेख गरेका छन् ।

निवेदनमा सुमार्गीले ‘सिरोहिया र निजकी श्रीमती स्वस्तिका सिरोहिया शेयरधनी–सञ्चालक रहेको काठमाडौं मार्ट प्रालिको नाममा रहेको काठमाडौं-१० (तीनकुने नजिक) को ५ रोपनी ४ आना जग्गा खरिद गरेको र उक्त जग्गा एक वर्षपछि सिरोहियाले पुरानै मूल्य दिएर फिर्ता खोजेको’ दाबी गरेका छन् ।

निवेदनमा २०७० साल असार १६ गते सिरोहियाकै अनरोधमा आफूले सिरोहियाको जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले इन्कार गरेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले उल्लेख गरेका छन् ।

निवेदनमा भनिएको छ– सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू विरुद्ध कपोलकल्पित र आधारहीन समाचार सम्प्रेषण गरे ।

कान्तिपुर दैनिकमा पुस ९ गते प्रकाशित ‘सुमार्गीको २२ अर्ब रकम अबैध’ भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको सुमार्गीले निवेदनमार्फत बताएका छन् ।

पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको सुमार्गीको गुनासो छ ।

उजुरीमा जग्गा खरिदबिक्री प्रकरण जोडेपनि सुमार्गीको मुख्य आपत्ति त्यही २२ अर्ब रुपैयाँ सम्बन्धी समाचारप्रति देखिन्छ । निवेदनका साथमा उनले १६ असार २०७० मा जग्गा गरिद गर्दा लिएको तमसुक र २१ माघ २०७१ देखि १० पुष २०७४ सम्म कान्तिपुर पब्लिकेसन्स अन्तर्गतका सञ्चारमाध्यममा प्रकाशित ९ वटा समाचारका कटिङ्गसमेत पेश गरेका छन् ।

उपरोक्त समाचार प्रकाशित गरेर कान्तिपुरले जनमानसमा आफूप्रति नकारात्मक प्रभाव पार्ने तथा भ्रम फैलाउने प्रयत्न गरेको दावी गर्दै सुमार्गीले निवेदनमा थप भनेका छन्, ‘यसै क्रममा निजले म तथा मेरा परिवारमाथि भौतिक रूपमा सांघातिक हमलासमेत गर्न र गराउन सक्ने आशंका रहेको हुँदा म तथा मेरो परिवारसमेतको जीउधन र मेरा व्यापार व्यवसायमा समेत शान्ति सुरक्षा कायम गरी पाउन अनुरोध गर्दछु । विषयको गाम्भीर्यलाई मध्यनजर गर्दै यस निवेदन उपर यथाशीघ्र कारबाही अघि बढाइ पाउनसमेत अनुरोध गर्दछु ।’

(https://fii-institute.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
विश्वकप फुटबल २०१८ : ब्राजिल र कोस्टारिकाबीच घाइते नेइमारकाे जादु चल्ला त ?
पैसा बाँड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप
पैसा बाँड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
२०२० कोरोना महाामरीको वर्ष, २०२१ भ्याक्सिनको वर्ष
साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली
साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली
जेठ १५ गतेको राशीफल यस्तो छ, आज कुनै राशीलाई मुद्दामामिला लाग्नेदेखि विदेश भ्रमणसम्मको योग
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम