विदेशबाट फर्किनेहरुले यी वस्तुमा तिर्नुपर्छ भन्सार, यी वस्तुमा पर्दैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विदेशबाट फर्किनेहरुले यी वस्तुमा तिर्नुपर्छ भन्सार, यी वस्तुमा पर्दैन

सारांश

  • काठमाडौं ।
  • सरकारले विदेशबाट फर्केकाहरुले ल्याउने वस्तुहरुमा कडाइए गर्ने नीति लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडाई थालिएको छ ।
  • विमानस्थल भन्सारले विदेशबाट ल्याउने वस्तु तोकिएको परिमाणभन्दा धेरै र अवैध वस्तु जफत गरिरहेको छ ।

काठमाडौं । सरकारले विदेशबाट फर्केकाहरुले ल्याउने वस्तुहरुमा कडाइए गर्ने नीति लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडाई थालिएको छ । विमानस्थल भन्सारले विदेशबाट ल्याउने वस्तु तोकिएको परिमाणभन्दा धेरै र अवैध वस्तु जफत गरिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्कनेहरुले पछिल्लो समय विमान स्थलमा भएको कडाई बारे जानकारी नपाउँदा विमानस्थलमा झन्झट व्यहोर्ने गरेका छन् । विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीबाट फर्कनेहरुले यी विषयमा जानकारी पाउनु राम्रो हुने भन्दै सरकारले जारी गरेको भिटागुन्टी आदेशअनुसारमात्र वस्तु ल्याउन अनुरोध गरेको छ ।

यी वस्तुमा लाग्दैन भन्सार

विदेशबाट बढिमा १ लिटर मात्रै रक्सी ल्याए त्यसमा भन्सार लाग्दैन । यस्तै ल्यापटप, कम्प्युटर, ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १–१ थान ल्याउन भन्सार mलाग्दैन ।

यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १, १ वटामा पनि भन्सार लाग्दैन ।
वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन दिइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित सामानमा पनि भन्सार लाग्दैन ।

डाक्टरले ल्याउने ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामाग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १–१ थान ल्याउँदा पनि भन्सार लाग्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनकासामग्री ल्याउन पनि पाइन्छ ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

तर म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १–१ थान ल्याउँदा औशत ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्चभन्दा ठूलो टिभीमा भन्सार लाग्छ । त्यो पनि एक थानमात्र ल्याउन पाइन्छ ।

यस्तै १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउँदा पनि भन्सार तिर्नुपर्छ । १५ थान लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका सामान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २–२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् ।

चुरोट दुई सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?