टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित

सारांश

  • एजेन्सी ।
  • क्यानडाले आईसीसी टी–२० विश्वकप छनोटमा लगातार तेस्रो जीत निकालेको छ ।
  • युएइमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।

एजेन्सी । क्यानडाले आईसीसी टी–२० विश्वकप छनोटमा लगातार तेस्रो जीत निकालेको छ । युएइमा जारी प्रतियोगिता अन्तर्गत वुधबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको आएरल्याण्ड निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १४६ रनमा रोकिएको थियो । आयरल्याण्डका स्टुअर्ट थम्सनले नट आउट २८ रन बनाउँदा जर्ज डर्कवेल १० रन बनाएर अन्तिम समयसम्म मैदानमा रहे पनि जीत दिलाउन सकेनन् ।

यस्तै पौल स्टर्लिङले २३ तथा हेरि टम टेक्टरले २२ रन बनाएर आउट भएका थिए । क्यानडाका रोमेश इरांगा र सादविन जफारले दुई–दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको क्यानडाले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो । क्यानडाका लागि नवनित दलिवालले ६९ रन बनाउँदा नितिश कुमारले ५३ रनको योगदान गरे ।आएरल्याण्डका बोइड रानकिनले २ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?