दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
५१ पटक हेरिएको
Shares
दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

सारांश

  • काठमाडौं।
  • दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ।
  • उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ।

काठमाडौं। दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ।

उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ।

नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ। नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ। दशैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए। नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

यसवर्ष दशैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए।

उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो। उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )
तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )
भारी असिना पानीसँगै आएको बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
भारी असिना पानीसँगै आएको बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…