विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने

सारांश

  • काठमाडौं ।
  • यातायात व्यवस्था विभागले विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने जिम्मा प्रदेश सरकारलाई दिंदै चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।
  • विभागले चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरेका थिए ।

काठमाडौं । यातायात व्यवस्था विभागले विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने जिम्मा प्रदेश सरकारलाई दिंदै चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।

विभागले चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरेका थिए । नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेगरी जिम्मेवारी दिइएको छ । यातायात व्यवस्था कार्यालय गत मंसिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो ।

नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने विभागले जनाएको छ । विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?