शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य

सारांश

  • बीबीसी।
  • ब्रिटेका राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दु:ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक "अरू कुनै विकल्प नभएको" बताएका छन्।
  • उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

बीबीसी। ब्रिटेका राजकुमार ह्यारीले वरिष्ठ शाही सदस्यको जिम्मेवारीबाट पछि हट्ने आफ्नो निर्णयप्रति ठूलो दु:ख व्यक्त गर्दै आफूसँग त्यसबाहेक "अरू कुनै विकल्प नभएको" बताएका छन्।

उनी र उनकी श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

उनले भने, "म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।"

उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए।

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।

उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्।

त्यसको सुरुवात् गर्दै उनले भने, "गत केही साताहरूमा तपाईँहरूले के सुन्नुभयो वा पढ्नुभयो होला भन्ने म कल्पना मात्र गर्न सक्छु, त्यसैले म चाहन्छु तपाईँहरू मबाट मैले जति साझा गर्न सक्छु त्यो जति सत्य कुरा सुन्नुहोस् भन्ने चाहन्छु, एउटा राजकुमारका रूपमा होइन ह्यारीका रूपमा।"

उनले आफ्नी हजुरआमा महारानी एलिजाबेथप्रति सधै उच्चतम सम्मान रहेको पनि उनले बताए।

बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरी सकेको छ।

दरबारका अनुसार अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई 'रोयल हाइनेस' भन्ने चलन छ।

दरबारद्वारा जारी वक्तव्यका अनुसार "ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।"

आगामी वसन्त ऋतुबाट यो निर्णय कार्यान्वयनमा आउने दरबारल जनाइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ
नमोबुद्धमा इँटा उत्पादन बन्द
नमोबुद्धमा इँटा उत्पादन बन्द
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
मन्त्री बस्नेतकाे दाबी: पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु
रुसको कब्जामा युक्रेनी जहाज
रुसको कब्जामा युक्रेनी जहाज