प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल भन्छन्: सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
  • एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटाैँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।

प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख गरे । ले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे । शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए ।

मुलुकको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अब आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण कामलाई अगाडि बढाइने जानकारी दिए ।

प्रधानमन्त्रीले हालैको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सबै आन्दोलनको उचित सम्मान गरिएको बताए ।

जनयुद्ध, जनआन्दोलनको समायोजनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले समावेशी, समानुपातिक मूल्य तथा मान्यतालाई खोस्न भइरहेको प्रयत्नलाई असफल बनाउन सबैको सार्थक सहयोग जरुरी रहेको बताए । प्रतिक्रियावादीको गल्तीबाट नेपाली जनता र जनताका प्रतिनिधिले विगतमा पनि पटक–पटक फाइदा लिएको र यसपटक पनि त्यस्तै हुने स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यसको मूल्य मान्यतालाई जोगाउन लागिपर्नुपर्ने स्पष्ट पारे ।

शान्ति सम्झौता, त्यसको नेतृत्वकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिलाई असफल बनाउने र घेरा हाल्ने प्रवृत्तिलाई असफल बनाउन क्रान्तिकारी शक्तिबीचमा साझा मत जरुरी रहेको उनको भनाइ छ । सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा पेस भइसकेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका क्रियाकलाप देखिए पनि त्यो क्रमशः पराजित हुने धारणा राखे ।

प्रधानमन्त्रीले जनविरोधी यस्ता कार्यकाविरुद्ध निरन्तर निगरानी र सतर्क हुनु जरुरी रहेको बताए । उनले त्यसका लागि सङ्गठन विस्तार र विचार निर्माणको काम गर्नुपर्ने उल्लेख गरे । विगतमा घेरा हालेर सखाप पार्नेहरु नै यतिबेला पनि पुनः षड्यन्त्र गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विभिन्न धारामा विभक्त माओवादी शक्तिलाई पुनः एक ठाउँमा आउन त्यसले मद्दत गरेको बताए । विगतमा विविध कारणले पार्टी विभाजन हुन जाँदा जनतामा भ्रम पर्न गएकाले कमजोर देखिए पनि एउटै विचारमा केन्द्रित रहेका शक्ति पुनः एक ठाउँमा आएर मिल्नैपर्ने उनले उल्लेख गरे ।

विगत केही समय माओवादी शक्ति विभिन्न भङ्गलामा विभक्त भए पनि अब एक हुने समय आएको तर्क गर्दै प्रधानमन्त्रीले निकै ठूलो एकता हुने विश्वास पैदा भएको बताए । प्रधानमन्त्रीले माओवादी धारका विगतमा सबै तीतामीठा, राम्रा–नराम्रा, अनुभवलाई आफ्नै अनुभवका रुपमा मूल्याङ्कन गरेर जानुपर्नेमा जोड दिए ।

उनले भने, “निषेध गर्ने रुपमा नभई त्यसको समीक्षा गराँै । निष्पक्ष ढङ्गले समीक्षा गराँै । जुनसुकै धारमा लागेर ज्यान गुमाउनेलाई शहीदका रुपमा सम्मान गरौँ । उनीहरुको विचारलाई आत्मसात् गराँै ।” प्रधानमन्त्री दाहालले फेरि एकपटक माओवादी शक्ति एकताबद्ध भएर परिवर्तनलाई सुदृढ बनाउने समाजवादको आधार बनाउने काममा सफल हुने विश्वास व्यक्त गरे ।

समाजवादको आधार तयार पार्नका लागि शिक्षक मोर्चाको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो । विचार र जनमत निर्माणका लागि शिक्षकको भूमिका असाध्यै महत्वपूर्ण रहेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले वैज्ञानिक समाजवादका लागि पहल गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन
नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा
नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रतिशत होइन बराबरीका आधारमा पार्टी एकता : प्रचण्ड
प्रतिशत होइन बराबरीका आधारमा पार्टी एकता : प्रचण्ड
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन
सिस्नो लगाएर मनाउने नयाँ वर्ष मनाउने चलन
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क

तपाईंले छुटाउनुभयो कि?