विदेशमा नेपाली महिलाको हारगुहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०८१
|
|
६३ पटक हेरिएको
Shares
विदेशमा नेपाली महिलाको हारगुहार

सारांश

  • काठमाडौं।
  • दलालको फन्दामा परेर गैरकानुनी बाटो हुँदै इराक पुगेकी नेपाली चेलीको उद्धार भएको छ ।
  • इराकमा बेचिएकी सुर्खेत घर भएकी रितु खत्रीको उद्धार गरी नेपाल फर्काइएको हो ।

काठमाडौं। दलालको फन्दामा परेर गैरकानुनी बाटो हुँदै इराक पुगेकी नेपाली चेलीको उद्धार भएको छ । इराकमा बेचिएकी सुर्खेत घर भएकी रितु खत्रीको उद्धार गरी नेपाल फर्काइएको हो ।

विगत केही महिना अघिदेखि रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तानको अर्बिल सहरमा पुगेकी रितुको मुखबाट रगत बान्ता भइरहने गरे पनि एजेन्टले केही वास्ता नगरेको र आफ्नो स्वास्थ्य स्थिति बिगँ्रदै गइरहेपछि उद्धारका लागि गैरआवासीय नेपाली संघ(एनआरएनए) इराकमा सहयोग मागेकी थिइन् ।

रितुले करिब दुई महिना अघिदेखि ब्युरोमा र एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठलाई फोन गरी बारम्बार सहयोगको याचना गरेकी थिइन् । एनआरएनएले बारम्बार एजेन्टलाई समन्वय गर्दा पनि आज–भोलि भन्दै गर्दा बिरामीको अवस्था झनै नाजुक बन्दै गएपछि सबै कागजात तयार पारेर नेपाल फर्काइएको हो ।

कम्पनीबाट बिरामीलाई एजेन्टले निकाले पनि टिकटको व्यवस्था गर्न नसक्ने भनिएकाले ढिला गर्दा भइपरी आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै एनआरएनए इराकको कोषबाट पीडितलाई हवाई टिकट उपलब्ध गराइ नेपाल पठाइएको एनआरएनए इराकका अध्यक्ष श्रेष्ठले बताए ।

इराक आएर दुःख पाउनुभन्दा आउनुअघि सोचेर मात्र कुर्दिस्तान’round आउन पनि एनआरएनएले सबैमा अनुरोध गरेको छ । सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

यस्तै, फ्रिल्यान्स भिसा मिलाइदिन्छु भन्दै ७ हजार दिराम लिएर भिसा लगाइदिने व्यक्ति नै पासपोर्ट बोकेर लामो समयसम्म सम्पर्कविहीन भएपछि ओभर–स्टे भई फाइनमा परेकी काठमाडौं निवासी राधिका श्रेष्ठलाई पनि एनआरएनए यूएईले उद्धार गरी नेपाल पठाएको छ ।

कुनै पनि कागजात नभएर अप्ठेरोमा परी कुनै विकल्प नभएपछि अन्ततः नेपाल जाने निर्णय गरेपछि अबुधावीस्थित नेपाली दूतावासले यूएईदेखि एकतर्फी यात्रा अनुमतिपत्र बनाई साथीभाइ आफन्तको सहयोगले आउट पास पनि बनाइदिइएको एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले बताए ।

तर, आउट पासको म्याद सकिने दिनसम्म पनि टिकट काट्ने पैसा नभएपछि एनआरएनए उपाध्यक्ष फणिन्द्र ढकालको सम्पर्कमा पुगेर सहयोग गरिदिन एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई राधिकाले निवेदन दिइएकी थिइन् ।

एनआरएनएले टिकट काट्न सहयोग गरी नेपाल जानका लागि चाहिने हवाई टिकट व्यवस्था गरी एयर अरेबियाको उडानमार्फत नेपाल पठाउन सफल भएको एनआरएनए यूएईका प्रवक्ता थापाले जानकारी दिए ।

पछिल्लो समय दलालले भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरूलाई भने फाइदा नै हुने गरेको छ । गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन ।

त्यहाँ मृत्यु भएमा वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    igamingpro

    I loved as much as you will receive carried out right here The sketch is tasteful your authored subject matter stylish nonetheless you command get got an edginess over that you wish be delivering the following unwell unquestionably come further formerly again as exactly the same nearly very often inside case you shield this hike

    Comment Author

    bpjlfojild

    Muchas gracias. ?Como puedo iniciar sesion?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?