प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू

सारांश

  • बुटवल, ९ साउन ।
  • प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ ।
  • प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको हाे ।

बुटवल, ९ साउन । प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको हाे ।

प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समितिका लागि  भने आज मनोनयन दर्ता हुँदैछ । आज मनोनयन हुने तीनवटै समितिमा पनि कसलाई सभापति बनाउने भन्ने टुंगो सत्तापक्षले लगाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । तीनवटा समितिमध्ये सार्वजनिक लेखा समितिमा प्रतिपक्षी दलका डिल्लीबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सत्तापक्षबाट अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार निर्विरोध भएका छन् ।

उनका अनुसार प्रदेश मामिला तथा कानून समितिमा सत्तापक्षीय दामाकुमारी शर्मा र सामाजिक विकास समितिको सभापतिमा दीर्घनारायण पाण्डेले मनोनयन दर्ता गराउने छन् भने संघीय समाजवादी फोरमका तर्फबाट कृषि, वन तथा वातावरण समितिमा विजयबहादुर यादवले मनोनयन पत्र दर्ता गराउने सहमति भएको छ ।

प्रदेश नं ५ मा नेकपाका ६१ प्रदेशसभा सदस्य रहेका छन् भने विपक्षी नेपाली काँग्रेसका १९ र फोरमका पाँच, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?