काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ ।
  • सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो ।

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो । नगरप्रहरीले डोजर चलाएर भत्काइरहेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो । सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालमा सञ्चालन गरेको थियो ।

भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए । उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।

आजदेखि अभियान सुरु भएको उनको भनाइ छ । यहाँ आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने उनले बताए । साथै यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्दैंछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?