विप्लवका ४ कार्यकर्ताद्वारा आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
विप्लवका ४ कार्यकर्ताद्वारा आत्मसमर्पण

सारांश

  • बाँके।
  • सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन्।
  • ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन्।
बाँके। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन्। ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन्।
     
आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कागज गराएर छाडिए पनि उनीहरुको गतिविधिमाथि निगरानी गरिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?