पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि

सारांश

  • काठमाण्डौ,  २२ साउन ।
  • नेपालका चार खेलाडी आइसीसी टी२० इन्टरनेशनल वरीयतामा समावेश हुन सफल भएका छन् ।
  • बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन् ।

काठमाण्डौ,  २२ साउन । नेपालका चार खेलाडी आइसीसी टी२० इन्टरनेशनल वरीयतामा समावेश हुन सफल भएका छन् । बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन् ।

आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरीयतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन् ।बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ । अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन् ।

यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन् ।यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् ।

पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन् । पारसको २६५ तथा शरदको २३८ रेटिङ छ ।टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् ।

नेपालका कप्तान पारस खड्का टी–२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् । सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।नेपालले तीन वर्षपछि आइसीसीको टी–२० इन्टरनेशनल मान्यता प्राप्त खेल खेल खेलेपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
अन्तत: यसरी मिलेको थियो ओली–प्रचण्डबीच कुरो !
पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !
पत्रकार सम्मेलनमै पारस शाहकाे धुम्रपान पाेज !
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
चार वर्षभित्र रिहार–भ्युसनपुर सडक कालोपत्रे गर्ने प्रतिबद्धता
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन

तपाईंले छुटाउनुभयो कि?