ठूला नेताहरु एक महिनासम्म आफैँलाई भोट माग्न व्यस्त !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
ठूला नेताहरु एक महिनासम्म आफैँलाई भोट माग्न व्यस्त !

सारांश

  • २० मंसिर, काठमाण्डौ ।
  • पछिल्लो करिब एक महिना नेपालको सबैजसो नेताहरु निकै सक्रिय देखिए ।
  • विशेषगरी चुनावमा उम्मेदवार बनेकाहरु त निकै मिहिनेतका साथ गाउँ, पाखा, भीर पहरासम्म पुगे ।

२० मंसिर, काठमाण्डौ । पछिल्लो करिब एक महिना नेपालको सबैजसो नेताहरु निकै सक्रिय देखिए । विशेषगरी चुनावमा उम्मेदवार बनेकाहरु त निकै मिहिनेतका साथ गाउँ, पाखा, भीर पहरासम्म पुगे । अझ प्रत्यक्षतफको उम्मेदवार बनेका नेताहरु छ यति सक्रिय देखिए कि मतदाताले जे भन्यो त्यही मानौँला झै गरी खटिए ।

हरेक पटकको चुनावमा देखिने यो प्रवृत्ति झन बढ्दै गएको जस्तो देखिन्छ । उम्मेदवाहरु आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्नका लागि सक्रिय हुनु सामान्य नै हो । जनताको मन जितेर चुनाज जित्नु चानचुने कुरा होइन । कतिपय उम्मेदवारलाई त राजनीतिमा स्थापित हुनका लागि पनि चुनाव जित्नैपर्ने अवस्था छ । तर ठूला दलको शीर्ष नेताहरुसमेत यसपटक मतदातासँग राम्रैसँग हात थाप्दै हिँडेको देखियो । यसअघिका चुनावमा देश दौडाहामा जाने शीर्ष नेताहरु अहिले भने आफ्नै निर्वाचन क्षेत्रमा सिमित भएको पाइयो ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कारण कुनै पनि शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित भएको देखिएन । विशेषगरी वाम गठबन्धनको चेपुवामा परेको कांग्रेसका नेताहरु त आफ्नै क्षेत्रमा थन्किए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत सुदुरपश्चिममा नै सिमित हुन पुगे । केही सिमिति क्षेत्रबाहेक उनी देश दौडामा जान सकेनन् ।

नेपाली कांग्रेसका युवा तथा लोकप्रिय नेता गगन थापालाई कांग्रेसले देश दौडाहामा पठाउन सक्नुपथ्र्यो । तर थापासमेत आफ्नै निर्वाचन क्षेत्रमा सिमित भए । यसअघिको चुनावमा अत्याधिक मतान्तरका साथ विजयी भएका थापा यसपटक वाम गठबन्धनका काररण असुरक्षित महसुस गरेकाले नै हरेक मतदातालाई भेटेर भोट माग्ने अभियानमा व्यस्त रहे ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वाम गठबन्धनको चुनौति चिर्नका लागि एक महिना जति आफ्नै निर्वाचन क्षेत्र तनहुँ १ मा सक्रिय रहे ।
अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि आफ्नो क्षेत्रबाट बाहिर जान सकेनन् । भिजन भएका नेताका रुपमा लिइएको शर्मालाई अन्य क्षेत्रमा परिचालन गरेको भए त्यसले राम्रै प्रभाव पार्ने थियो ।

डा। रामशरण महत, अर्जुूननरसिंह केसीजस्ता शीर्ष नेताहरु मात्र होइन, कांग्रेस सभापतिका लागि दाबी गरेका कृष्णप्रसाद सिटौलासमेत अरुको निर्वाचन क्षेत्रमा जान सकेनन् । त्यसैगरी कांग्रेसक महामन्त्री शशांक कोइराला पनि अरु केही क्षेत्रमा गए पनि देश दौडाहामा जान सकेनन् ।

आगामी दिनमा कांग्रेसको नेतृत्वकर्ताको रुपमा लिइएको शेखर कोइराला पनि अरु उम्मेदवारलाई सहयोग पुग्ने गरी सक्रिय हुन सकेनन् । प्रकाशमान सिंह, महेश आचार्य, विमलेन्द्र निधी लगायतका शीर्ष तहका नेताहरु पनि निरन्तर आफ्नै क्षेत्रमा मात्रै सिमित रहे ।

अरुबेला आफूलाई ठूलो र प्रभावशाली नेता भन्न रुचाउने तथा पार्टीको मात्र नभै देशकै नेतृत्वसमेत दाबी गर्ने नेताहरु आफैँमा भने कमजोर साबित भएका छन् ।
जनताको मनमा बस्न नसक्दा चुनावका बेला मात्रै घरघरमा पुग्नुपर्ने बाध्यता नेताहरुमा देखिएको हो ।

कांग्रेसका नेताहरु मात्र नभै अन्य दलको शीर्ष नेताहरु पनि चुनावमा आफ्नै क्षेत्रमा मात्रै सिमित भए । एमालेका अध्यक्ष केपी शर्मा ओली अरु नेताहरुभन्दा बढि घुम्ने नेताका रुपमा देखिए ।

तर एमालेका शीर्ष नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, बामदेव गौतमलगायतका नेताहरु पनि आफ्नै निर्वाचन क्षेत्रमा सिमित रहे । त्यसैगरी माओवादी अध्यक्ष प्रचण्ड पनि आफ्नै चुनावी क्षेत्रमा धेरै समय विताउन बाध्य भए । नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, अग्नी सापकोटा, ओनसरी घर्ती लगायतका प्रभावशाली नेताहरु पनि अरुको क्षेत्रमा पुग्न नसकेको देख्दा उनीहरुको धरातल कति कमजोर रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरले पनि आफ्ना दलका अरु उम्मेदवारलाई सहयोग पुग्ने गरी उपस्थिती देखाउन सकेनन् । त्यसैगरी राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पनि आफू कसरी चुनाव जित्ने भन्नेमै सिमित हुन पुगे ।

सधैँभर जनतालाई झुटा आश्वासन दिने र व्यक्ति केन्द्रित राजनीतिले गर्दा नेताहरु चुनावका बेला भिक मागे झै भोट माग्न बाध्य भएको यसपटक छर्लङ्ग देखियो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Keder Karki Dholi

    बिचरा देश भुट्ने हरू

    Comment Author

    Pagal Lava

    Marnu parcha a
    Yehu haru li
    Mantrala mai aago lagayara lag xainai hai aaje vote magna

    Comment Author

    Ramesh Kumar

    Rajendra nepali nagarik hoina Nepal ma rajniti garne?

    Comment Author

    Ramesh Tamang

    WE NEED NEW FACE,OLD NOT GOOD,

    Comment Author

    Kyacee SB

    Raj niti lai. Pesa. Samjinxan. Lok sewa. Ko bikalpa 2. Barsa. Bhanda. Badi. Nap aune. Niyam. Chahinxa. USA ko jastai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?