कृतीको रहर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
३० पटक हेरिएको
Shares
कृतीको रहर

सारांश

  • मुम्बई, माघ ७ ।
  • बलिउड अभिनेत्री कृति सेननले विभिन्न विधाका फिल्महरूमा काम गर्न इच्छुक रहेको बताएकी छन्।
  • भारतीय सञ्चारमाध्यमसँग उनले फरक विधामा फिल्महरू बलिउडमा निर्माण हुनुपर्नेमा जोड दिइन्।

मुम्बई, माघ ७ । बलिउड अभिनेत्री कृति सेननले विभिन्न विधाका फिल्महरूमा काम गर्न इच्छुक रहेको बताएकी छन्। भारतीय सञ्चारमाध्यमसँग उनले फरक विधामा फिल्महरू बलिउडमा निर्माण हुनुपर्नेमा जोड दिइन्।

रोमान्टिक, कमेडी र ऐतिहासिक विधाका फिल्ममा काम गरिसकेकी उनले अन्य विधाका फिल्मलाई प्राथमिकतामा राखेको बताइन्। ‘मैले रोमान्टिक, कमेडी र ऐतिहासिक विधाका फिल्महरूमा काम गरिसकेकी छु।

फरक विधाका फिल्महरू बलिउडमा खासै निर्माण नभइरहेको अवस्थामा मेरोचाँहि प्राथमिकतामा परेका छन्। सम्भवतः बलिउडमा फरक विधाका फिल्महरू चाँडै निर्माण हुनेछन्,’ उनले भनिन्, ‘मलाई हरर फिल्म खासै मन नपरेपनि काम गर्न इन्छुक छु।’

प्राय रोमान्टिक फिल्मको अफर आइरहेको अवस्थामा उनले फिल्ममेकरलाई नयाँ विधामा काम गर्न प्रोत्साहित समेत गरिरहेकी छन्। हाल उनी पंकज त्रिपाठीको ‘मिमी’ फिल्मको निम्ति तौल बढाउन लागिपरेकी छन्। सरोगेट आमाको भूमिकामा देखिन १५ केजी तौल बढाउन चुनैतीपूर्ण रहेको बताइन्। आफ्नो तौल बढाउन उनले खानपिनमा जोड दिइरहेकी छन्।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?