विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?

सारांश

  • काठमाडौं ।
  • सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाएपछि उक्त सरकारी कदमको विरोध सुरु भएको छ।
  •   धेरैले सरकारलाई उक्त पार्टी राजनीतिक पार्टी रहेको भन्दै अझैपनि राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाएपछि उक्त सरकारी कदमको विरोध सुरु भएको छ। 
धेरैले सरकारलाई उक्त पार्टी राजनीतिक पार्टी रहेको भन्दै अझैपनि राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माथि प्रतिवन्ध लगाउँनुको कारण बारे मन्त्रिपरिषदमा खोलेको कुरा स्रोतलाई उदृत गर्दै अनलाइन खबरले उल्लेख गरेको  छ।
ओलीले मन्त्रिपरिषदमा प्रचण्ड र आफूलाई मार्न विप्लवले मान्छे खटाएको दाबी गरेका थिए। 'स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै भनेका थिए कि विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको छ' ।
प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्रीको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको बताइएको छ। तर, के साँच्चै विप्लवले त्यस्तो योजना बनाएका थिए ? के प्रधानमन्त्रीको उक्त भनाई स्थितीलाई सामान्य पार्नका लागि मात्र हो ? यी प्रश्न भने अनुत्तरित छन्।
फरक बाटोबाट समाजवाद स्थापना गर्ने भनि आन्दोलनमा होमिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वका केहि हिंसा मिश्रित गतिविधि भने देखिने गरि सार्वजनिक भएका थिए। विप्लवले विगतमा आफ्ना अभिव्यक्तिहरुमा आफ्नो लडाईं भ्रष्टहरुसँग भएको बताउँने गरेका थिए । उनको एउटा यो पुरानो भिडियोमा समेत उनले जस्तोसुकै परिस्थतीका लागि तयार रहेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?