साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !

सारांश

  • काठमाडौं,  १८ साउन ।
  • नेपाली फुटबल टाेलि इन्डोनेसियामा हुने १८औं एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि अभ्यास खेल खेल्न थाइल्याण्ड प्रस्थान गरेकाे छ ।
  • नेपाल एसियन गेम्सको समूह ‘डी’ मा छ ।

काठमाडौं,  १८ साउन । नेपाली फुटबल टाेलि इन्डोनेसियामा हुने १८औं एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि अभ्यास खेल खेल्न थाइल्याण्ड प्रस्थान गरेकाे छ ।

नेपाल एसियन गेम्सको समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसँगै जापान, भियतनाम र पाकिस्तान रहेका छन् । भने बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिपमा बंगलादेशसहित नेपाल, पाकिस्तान र भुटानले समूह ‘ए’ बाट खेल्नेछन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंकाले भिडन्त गर्नेछन् । नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर ४ मा खेल्नेछ । दक्षिण एसियाका कूल ७ देशले खेल्ने साफ च्याम्पियनसि भने सेप्टेम्बर ४ देखि १५ सम्म ढाकास्थित बंगलबन्धु नेसनल रंगशालामा हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली र एसियन गेम्स खेल्ने यु–२३ टोली संयुक्त रुपमा अभ्यास गर्नेछन् ।  थाइल्यान्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल मंगलबार त्यहाँको पुलिस तेरोसँग र दोस्रो खेल यु–२३ टोलीले  शुक्रबार थाइल्यान्डको यु–२३ टिमसँग खेल्नेछ।

थाइल्यान्ड भ्रमणनिम्ति नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले २९ खेलाडीको नाम तयार पारेका छन् । त्यस्तै, एसियन गेम्सका लागि २० सदस्यिय  खेलाडी टोली रहेकाे छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?