कमरेड प्रचण्डलाई आक्रोश मिश्रित खुला पत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कमरेड प्रचण्डलाई आक्रोश मिश्रित खुला पत्र

सारांश

  • कुनै एक युगका युग नायक जसले कलिलै उमेरमा जनताको बर्गिय समानताको लागि जनयुद्धको शंखघोष मात्र गरेन बर्तमान राज्यसत्ताबाट पिछडिएका , हेपिएका , गरिबिको रेखामुनि आश्रित , विभेद र असमनताको जन्जिरभित्र कष्टकर जीवन गुजार्न बाध्य जनताहरुलाई गोलबन्द गर्दै गाउँबाट शहर केन्द्रित आन्दोलनको आधिबेरी ल्यायो ।
  • दुरदराजमा अत्यन्तै कष्टकर जीवन भोगिरहेका मानिसहरु माओवादीले बाँडेका सपना र आश्वासनले सजिलै माओवादी आन्दोलनमा हातेमालो गर्दै मर्न र मार्न तयार भए ।
  • माओवादी आन्दोलनले जनताको राजनैतिक चेतनाको मात्र बिकास गरेन साथसाथै आफ्नो अधिकारको लागि जुनसुकै त्याग र बलिदान गर्न पनि प्रेरित गर्यो ।

कुनै एक युगका युग नायक जसले कलिलै उमेरमा जनताको बर्गिय समानताको लागि जनयुद्धको शंखघोष मात्र गरेन बर्तमान राज्यसत्ताबाट पिछडिएका , हेपिएका , गरिबिको रेखामुनि आश्रित , विभेद र असमनताको जन्जिरभित्र कष्टकर जीवन गुजार्न बाध्य जनताहरुलाई गोलबन्द गर्दै गाउँबाट शहर केन्द्रित आन्दोलनको आधिबेरी ल्यायो । दुरदराजमा अत्यन्तै कष्टकर जीवन भोगिरहेका मानिसहरु माओवादीले बाँडेका सपना र आश्वासनले सजिलै माओवादी आन्दोलनमा हातेमालो गर्दै मर्न र मार्न तयार भए ।

माओवादी आन्दोलनले जनताको राजनैतिक चेतनाको मात्र बिकास गरेन साथसाथै आफ्नो अधिकारको लागि जुनसुकै त्याग र बलिदान गर्न पनि प्रेरित गर्यो । कयौं युबायुबतीहरु कलम र कापी च्यातेर बन्दुक समाउन पुगे कतिले जागीर , परिवार र आफन्त त्यागेर बिचार र बन्दुक चलाउन पुगे ।नेतृत्वले देखाएको हिम्मत र सपनाहरूले लाखौं जनताहरु राज्यको दमन ,धरपकड र मृत्युको प्रवाह नगरी नेतृत्वले सिकाएकोर घोकाएको बर्गीय युद्दमा एकाकार भए । कैयौं सहादत भए । । कैयौंको कोख रित्तियो । कसैको सहारा चुडियो । कोहि अपांग भए । धेरैको परिवार भत्कियो । भाईचारा टुट्यो । साँच्चै नेतृत्वले देखाएका सपनाहरूको पहाड कति मनमोहक र गुलियो थियो ।

तर जनताको त्यो निस्वार्थ साहस ,त्याग, बलिदानी र क्षतिले सिर्जित बाह्र बुदे सहमति हुँदै देशमा संविधानसभा र गणतन्त्रसम्म आईपुग्दा पक्कै पनि राजनैतिक ब्यबस्था परिवर्तन भयो । महिला , जनजाति , दलित एबम पिछडिएका समुदायले केही हिस्सा अधिकार र समाबेशिता त पाए तर समग्रतामा गणतन्त्र आएको १०(११ बर्षमा जनताको जिवनस्तरमा के कति सुधार भयो ?? के रेमिटान्सले बनेका केही नयाँ घर, हातमा खेलाईएका केही थान मोबाइल , घरका भित्तामा लागेका टिभी र बाटोमा गुडेका केही जोर मोटरसाइकल नै गणतन्त्रको प्राप्ति हो त ? के यसलाई गणतन्त्रको सफलताको मापन मान्न सकिएला ? के प्रचण्ड , उनको परिवार , केही दर्जन नेता र उनिहरुको आसेपासेहरुको जीवन बदलिनु र सप्पन्न हुनुलाइ नै गणतन्त्रको सफलता मान्न सकिएला ??

प्रचण्ड कमरेड, एक पटक युद्धमा आफ्नो परिवार गुमाएका, अझै पनि शरीरमा छर्रा बोकेर बाँचिरहेका, घाइते, अपांग र तपाईंले देखाएको सपनालाई सिरानी हालेर सुत्ने गरिबको घरघरमा पुग्न सक्यौ भने मात्र तिम्रो महानता मानिनेछ । तरकारी बारीमा डोजर चलाउने किसानको घरमा राहत बनेर पुग्यौं भने मात्र तिमीले लडेर ल्याएको गणतन्त्र सफल भएको मानिनेछ । दिन रात साहुको हलो जोतेर पनि दुई छाक खान नपुग्ने हलिको घरमा गाँस पुर्याउन सक्यौ भने मात्र हजारौं सहिदहरुको बलिदानको जित हुनेछ ।

तिम्रो एउटा कासनमा तिम्रो सुरक्षार्थ ढाल बनेर बन्दुकको गोलि छातीमा थाप्न लालायित लाखौं बिदेशिएका युबाहरुलाई स्वदेशमा नै फर्काउन सक्यौं भने मात्र प्रचण्ड सफल भएको ठानिनेछ । गाँस र बासको अभावमा खुला आकाशलाई आफ्नो छानो र मानो बनाएका हजारौं जनतालाई एक झर्को ओत लाग्ने बासको ब्यबस्था गर्न सक्यौ भने मात्र तिमीले जुगाको रेखी मुसार्दै गर्व गर्न पाउनेछौ ।

नत्र आफू , आफ्नो परिवार र केही दुर्गाबहादुर वा शारदाबहादुरहरुको जीवन समृद्ध हुदैमा न देश समृद्ध हुनेछ न त बैरी ले हानेको गोलि जनताले आफ्नो छातीमा थाप्नेछन । अझैपनी समय छ कमरेड , आफ्ना दुई नातीहरुलाई सामान्य जीवन ज्युन पुग्ने बाहेक बाँकी सम्पत्ति जनतालाई फिर्ता गर्न सक्यौ भने न तातो पानीमा डुबुल्की पार्नु पर्ला न त सुकुटेतिरको कृत्रिम हावाको बेग्रतामा दौडिनु पर्नेछ ।

कमरेड, राजनैतिक परिबर्तनसंगै देशको आर्थिक, सामाजिक र साँस्कृतिक परिबर्तन गर्न सक्यौ भने अवस्य पनि तिम्रो सुरक्षा ५९ जनाको बटालियनले हैन जनताले नै गर्नेछन् । बैरिको गोलि वा निसाना कहिल्यै तिम्रो छातीसम्म आईपुग्ने छैन । न त कसैले चार घन्टाको कार्यक्रम नै बनाएर तिम्रो मृत्युको आराधना गरोस तिमी युगौयुग बाँच्नेछौ । आजसम्म आफ्नो र आफ्नाहरुका निम्ति बाँच्यौ अब बाँकी जीवन देश र जनताका लागि बाँच्नु तब मात्र तिमी सुरक्षीत महसुस गर्नेछौ । नत्र मृत्युको भयले तिमी दिनरात तड्पिरहनु पर्नेछ ।

जय देश ।।।

एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल
अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण
अनशन तोडाउँदा गरिएको सहमति कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा
गाउँपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बीमा
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
जी–ट्वान्टी सम्मेलनमा अमेरिका र चीनबीचको व्यापार युद्ध केन्द्रमा
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?
गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश

तपाईंले छुटाउनुभयो कि?