‘क्यानोनिङ’को सफल परीक्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
४४ पटक हेरिएको
Shares
‘क्यानोनिङ’को सफल परीक्षण

सारांश

  • बागलुङ, २१ भदौ।
  • गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ ।
  • गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

बागलुङ, २१ भदौ। गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ ।गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताउनुभयो । “विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ” उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण र प्राविधिक तयारीमा लागेका छौँ ।”

पूर्वाधारतर्फ झरनासम्म पुग्ने पदमार्ग, पोखरी, विश्राम कक्ष, रेष्टुराँलगायतका संरचना निर्माण हुनेछ । त्यस्तै ‘क्यानोनिङ’मा चाहिने हेल्मेट, ज्याकेट, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइनेछ । पूर्वाधार निर्माणका लागि वडाले चालू आवमा रु पाँच लाख छुट्टाएको छ । यतिमात्र बजेट अपुग हुने भएपछि अन्य क्षेत्रबाट पनि स्रोत जुटाइने भएको छ । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको हो । वडाले खेल पर्यटन प्रवद्र्धनका लागि ‘क्यानोनिङ’ शुरुवात गर्न लागेको हो ।

सम्भाव्यता अध्ययनका लागि पोखरादेखि आएका ‘क्यानोनिङ’ का विज्ञ रामबहादुर गुरुङसहितको टोलीले शुरुमा ‘क्यानोनिङ’को परीक्षण अभ्यास गरेका थियो । विज्ञ टोलीले सह्रसधारा झरनालाई ‘क्यानोनिङ’को लागि प्राविधिक र सबै हिसाबले उचित ठहर गरेको थियो । झण्डै ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्न वडाध्यक्ष भण्डारीले पहल गर्नुभएको हो । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने ठानिएको छ । पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना नगरपालिकाको छ । ‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी छ ।

‘क्यानोनिङ’मा दक्ष युवा तयार गरेर विस्तारै सबैका लागि खुला गर्ने योजना छ । यसै वर्षमा ‘क्यानोनिङ’ प्रतियोगिता सञ्चालन गर्ने योजना छ । नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले गलकोट क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने बताउनुभयो । “पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ” उहाँले भन्नुभयो, “यसले पर्यटक भित्र्याउन सघाउ पु¥याउने छ ।”

सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित सहस्रधारा झरनामा हटियादेखि ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिन्छ । सडकको सुविधासमेत पुगेको सहस्रधारा हुँदै कोत मैदान र त्यहाँबाट पूर्णकोटसम्म पदमार्ग बनाउने योजना छ । पूर्णकोटमा यसै वर्ष ‘पाराग्लाडिङ’को पनि सम्भाव्यता अध्ययन हुने भएको छ । ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोटलगायतका जिल्लामा सञ्चालित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडा दशैंको छैठौं दिन, कात्यायनीको पूजा गरिदैं ।
आज बडा दशैंको छैठौं दिन, कात्यायनीको पूजा गरिदैं ।
अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो
अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन