काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर

सारांश

  • काठमाडौं २४ बैशाख ।
  • सबैभन्दा बढी पूर्वाधार भएको काठमाडौं उपत्यकामा पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर रहेको पाइएको छ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार प्रमुख दूरसञ्चार सेवा प्रदायकको भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो ।

काठमाडौं २४ बैशाख । सबैभन्दा बढी पूर्वाधार भएको काठमाडौं उपत्यकामा पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार प्रमुख दूरसञ्चार सेवा प्रदायकको भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो ।

प्राधिकरणले चैतमा ललितपुरका विभिन्न स्थानमा गरेको परीक्षणको क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा प्राधिकरणले तय गरेको मापदण्डभन्दा कमजोर रहेको पाइएको छ ।

नेपाल टेलिकम, एनसेल र स्मार्टको सेवालाई आधार मानेर गरिएको परीक्षणको क्रममा तीनै सेवाप्रदायकको नेटवर्कमा कल स्थापित हुन लाग्ने समय प्राधिकरणले तोकेको मापदण्डभन्दा कमजोर छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?