विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
२८२ पटक हेरिएको
Shares
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी

सारांश

  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीमा आज रोकिराखेको साझा बसमा आगजनी गरेका छन्।
  • एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो।
  • दिउँसो १ बजेतिर बसमा आगजनी गरिएको र घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको बुकलेट र पम्प्लेट भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङले  जानकारी दिए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीमा आज रोकिराखेको साझा बसमा आगजनी गरेका छन्।

एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो। दिउँसो १ बजेतिर बसमा आगजनी गरिएको र घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको बुकलेट र पम्प्लेट भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङले  जानकारी दिए। आगलागीबाट बसको भित्री भाग नष्ट भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?