लहानमा ७ लाखको चोरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
लहानमा ७ लाखको चोरी

सारांश

  • लहान ९,भदौ ।
  •  सिरहा जिल्लाको  लहान नगरपालिका–३ रघुनाथपुर स्थित डगराहा टोलमा गए राति करीब ७ लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ।
  • घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन्।

लहान ९,भदौ । सिरहा जिल्लाको  लहान नगरपालिका–३ रघुनाथपुर स्थित डगराहा टोलमा गए राति करीब ७ लाख मूल्य बराबरको गरगहना तथा धनमाल चोरी भएको छ।

घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट चोरले गरगहना तथा धनमाल चोरी गरेका हुन्। घरभित्रको दराज फुटाएर सुनको सिक्का, सुनको मारबारी, मङ्गलसुत्र, सुनको मनटिक्का, सुनको बजरंगबली मूर्ति, सुनको औँठी चार थान, कान र नाकको टप, चाँदीको करा ४० भरको हसुली, ७० वटा चाँदीको सिक्का ४० भरीको हारी १० भरीको बलिया तीन सेटलगायतका सामान चोरी भएको यादवले जानकारी दिए।

साथै चोरले एक थान मोबाइल सेट तथा ५ हजार भारतीय रुपैयाँसमेत लगेको यादवले बताए। यता प्रहरीले घटनाबारे छानबिन र चोरको खोजतलास भइरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?