पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिन् बिहे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०८०
|
|
२२ पटक हेरिएको
Shares
पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिन् बिहे

सारांश

  • काठमाडौँ ।
  • पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आज विवाह हुँदैछ ।
  • उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कस्न लागेकी हुन् ।

काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आज विवाह हुँदैछ । उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कस्न लागेकी हुन् ।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

श्रंखला पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुन् भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले जनाको आज सामाजिक परम्परा अुनसार विवाह हुँदैछ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । विवाह समारोहमा पूर्व मिस नेपालहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?